arrow

शाहरुखको कोलकाताको लगातार दोस्रो जित

कसको कति अंक ? बिहीबार को को भिड्ने ? 

logo
प्रकाशित २०७५ चैत १४ बिहिबार
shaharukh-khan.jpg

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएल टी–२० क्रिकेटमा कोलकाता नाइट राइडर्सले लगातार दोस्रो बिजय हासिल गरेको छ । 

कोलकाताले बुधबार राति घरेलु मैदानमा किंगस इलेभेन पञ्जाबलाई २८ रनले पराजित गरेको हो । 

बलिउड हस्ती शाखहरुको लगानी रहेको कोलकाताले अर्की बलिउड हस्ती प्रिती जिन्टाको लगानीमा रहेको पञ्जाबलाई हराएको हो । 

कोलकाताले पहिले ब्याटिङ गर्दै जारी आइपीएलकै सर्वाधिक ४ विकेटको नोक्सानीमा २१८ रनको स्कोर खडा गर्यो । 

रोबिन उतप्पाले ५० बलमा नटआउट ६७ रन बनाए । नितिश रानाले ३४ बलमा ६३ रन बनाए । अलराउन्डर आन्द्रे रसेलले १७ बलमा ४८ रन बनाए । 

पञ्जाबका मोहम्मद शामी, वरुण चक्रबर्ती, एन्ड्रयु ताई र आर्डस विल्जोइनले १–१ विकेट लिए । 

जवाफी ब्याटिङमा पञ्जाबले ४ विकेटकै नोक्सानीमा १९० रन सम्म बनायो । 

डेभिड मिलरले ४० बलमा नटआउट ५९, मायांक अग्रवालले ३४ बलमा ५८ र मन्दिप सिंहले १५ बलमा ३३ रन बनाए । 

म्यान अफ दि म्याच बनेका रसेले २ विकेट समेत लिए । 

कसको कति अंक ?

जितसंगै केकेआर २ खेलबाट ४ अंकसहित शीर्ष स्थानमा छ । डिफेन्डिङ च्याम्पियन चेन्नाई सुपर किंगस २ खेलबाट ४ अंकसहित दोस्रो स्थानमा छ ।

दिल्ली क्यापिटल्स र पञ्जाबको २–२ अंक छ । सनराइजर्स हैदराबाद, रोयल च्यालेन्जर्स बैंगलोर, राजस्थान रोयल्स र मुम्बई इन्डियन्सले पहिलो खेल हारेका छन् । 

बिहीबार को को भिड्ने ? 
बिहीबार राति ८ः१५ बजे बैंगलोरले मुम्बईसंग खेल्नेछ । बैंगलुरुमा हुने खेलमा बैंगलोर बलियो देखिए पनि पहिलो खेलको हारले इन्डियन क्याप्टेन विराट कोहली चिन्तमा छन् । 

त्यसैगरी इन्डियन भाइस क्याप्टेन रोहित शर्मा पनि घरेलु मैदानमा मुम्बईले पहिलो खेल हारेकाले कसरी फर्ममा फर्कने भन्ने चिन्तामा छन् । 

क्याप्टेन र भाइस क्याप्टेनको चिन्ताले कसलाई कहाँ पुर्याउला ?



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ