arrow

ब्रेक्जिट डिलले बेलायती प्रधानमन्त्रीको करियर चौपट, सत्ता छाड्न वाध्य

यस्ता छन् मेका आठवटा असफलता

logo
प्रकाशित २०७५ चैत १४ बिहिबार
theresa-may4.jpg

काठमाडौं । ब्रेक्जिट डिलमा आफ्नो हार हुने पक्का भएपछि उक्त डिललाई सफल पार्न बेलायती प्रधानमन्त्री टेरिजा मेले सत्ता नै छाड्न तयार रहेको बताएकी छिन् । 

मेले युरोपियन युनियन ईयुबाट अलग हुने ब्रेक्जिट डिलमा कन्जरभेटिभ पार्टीका सांसदहरुले समर्थन गरे सत्ता छोड्न तयार रहेको बताएकी हुन् ।

आफूले कतैबाट पनि सफलता हासिल गर्ने सम्भावना नरहेपछि मे सत्ता छाडन तयार भएकी हुन् । तर उनले सत्ता नै छाड्न परे पनि आफ्नो अडान भने छाडेकी छैनिन् । 

Speaker John Bercow eight options from a possible 16 as debate on the future of Brexit today as an unprecedented debate finally began in the Commons

ब्रेक्जिटबारेका आठ संभावित विकल्पमा भएको मतदानमा हाउस अफ कमन्समा कुनै पनि विषयमा बहुमत प्राप्त नभएपछि अन्ततः मे पछाडि हटेकी हुन् । 

मेले अन्तिम समयसम्म पनि आफ्नो प्रयास छाडेकी छैनिन् । हरेक प्रयासमा उनी असफल हुँदै आएकी छिन् । पक्ष र विपक्षको नाममा बेलायती जनताहरु लामो समयदेखि सडकमा छन् । 

More than a million anti-Brexit campaigners took part in the People's Vote March in London - but Jeremy Corbyn did not go

यद्यपी प्रधानमन्त्री मेले पद छाड्ने मितिको बारेमा भने केही उल्लेख गरेकी छैनन् ।

यस्ता छन् मेका आठवटा असफलता
कन्फर्मेन्ट रेफरेन्डमको पक्षमा २६८ मत, विपक्षमा २९५ मत
सीमा शुल्क संघका लागि – पक्षमा २६४, विपक्षमा २७२ मत
श्रमको ब्रेक्जिट प्लानका लागि – पक्षमा २३७ मत, विपक्षमा ३०७ मत
कमन मार्केटका लागि – पक्षमा १८८, विपक्षमा २८३
सम्झौताका लागि आर्टिकल हटाउने डिलका लागि पक्षमा १८४ मत, विपक्षमा २९३ मत
नो डिल एक्जिटका लागि – पक्षमा १६०, विपक्षमा ४०० मत
माल्थहाउस प्लान बीका लागि – पक्षमा १३९ मत, विपक्षमा ४२२ मत
इएफटीए र ईईए सदस्यताका लागि –पक्षमा ६५, विपक्षमा ३७७ मत । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ