arrow

भारतको घोषणाबारे बोले ट्रम्प

logo
प्रकाशित २०७५ चैत १४ बिहिबार
trump-modi1.jpg

काठमाडौं । भारतले पछिल्लो पटक गरेको एन्टी सेटेलाइट टेष्टको अध्ययन गरिरहेको बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार घोषणा गरेको सेटेलाइटबारे अध्ययन भइरहेको जनाएका हुन् । 

मोदीले बुधबार भारतले अन्तरिक्षमा सेटेलाइट खसालेको दावी गरेका थिए । मोदीको दावीपछि भारत यस्तो काम गर्ने चौथो देश बनेको छ । 

भारतले बुधबार जमिनबाट ३०० किलोमिटर माथि लो अर्थ अर्बिट (एलईओ) मा एक स्येटलाइटलाई ए–सेट मिसाइलबाट खसालेको जनाएको छ । 

यो काम गर्न तीन मिनेटमात्र लागेको दावी भारतको छ । कार्यवाहक अमेरिकी रक्षा मन्त्री प्याट्रिक शैनहनले आफूहरुले अन्तरिक्षमा फोहर छोडेर आउन नसक्ने भन्दै चेतावनी दिएका छन् । 

उनले अन्तरिक्षलाई अस्थिर गर्न नसक्ने भन्दै चेतावनीसमेत दिएका छन् । 

प्रधानमन्त्री मोदीले अमेरिका, रुस र चीनपछि भारत अन्तरिक्ष सेटेलाइट खसाल्ने चौथो राष्ट्र भएको बुधबार देशवासीका नाममा गरेको सम्वोधनमा भनेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ