arrow

सिजी फुड्स र ग्लोकल प्रालिबीच ग्लोकल टिन हिरोका लागि सम्झौता निरन्तर

logo
प्रकाशित २०७५ चैत १४ बिहिबार

काठमाडौं । सिजी फुड्स र ग्लोकल प्रालिबीच ग्लोकल टिन हिरोका लागि पुनः वाईवाई ग्लोकल टिन हिरोको रुपमा अघि बढाउने सम्झौता भएको छ । 

काठमाडौँमा सम्पन्न भएको सम्झौतापछि सिजी फुड्सका सीईओ जीपी शाहले भने, ‘हामी किशोर–किशोरीहरुको समर्थन प्रणालीको रुपमा रहेको यो सुरुवात जसले सकारात्मक परिवर्तन ल्याउन मद्धत गर्दछ यो सुरुवातसंग सम्झौता अघि बढाउन खुशी छौं । दिगो सम्झौता अघि बढाउने उदेश्यका साथ हामी अहिले सम्झौताको चौथोबर्षमा टेक्दैछौँ । यो मंचबाट नेपालका युवा र किशोर किशोरीलाई फाइदा पुर्याएको प्रति हामी सकारात्मक छौँ । त्यहि विश्वासले हामी किशोर किशोरीको विकासलाई सहयोग दिगो सम्झौतालाई निरन्तरता  दिदैछौँ । यो पहिचानले उनीहरुको ध्येय प्राप्तिमा सहयोग गर्ने छ ।’
 
ग्लोकल प्रालिका कार्यकारी निर्देशक आशिष ठाकुरले भने, ‘वाईवाईसंगको सम्झौतालाई निरन्तरता दिन पाउँदा हामी हर्षित छौँ र यो प्रतिष्ठित मंचलाई किशोर किशोरीको सुरुवातलाई उत्थान गरी सशक्तिकरण गर्न अझै अघि बढ्ने छौँ ।  यस्ता संस्थाहरुको सहयोग र विश्वासले यो सुरुवातलाई अझै प्रभावकारी हुन मद्धत गर्दछ ।’

पहिलो, दोस्रो, तेस्रो, रचौथा बर्ष को अविश्वनीय प्रतिक्रियाले ग्लोकल टिन हिरोको ध्येयलाई थप प्रोतशाहन मिलेको छ जसले अझै किशोर किशोरीहरुलाई उत्प्रेरित र सशक्तिकरण गरेर उनीहरुको उत्साह, रचनात्मक र सुरुवातको रास्ट्रिय सम्मान गर्न अझै प्रोत्साहित गरेको छ । 

वाई वाई ग्लोकल टिन हिरो ग्लोकल खबरले सुरुवात गरेको एक कार्यक्रम हो ।  किशोर किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउन एक कार्यक्रम गर्न लागेको हो । 

यस मञ्च मार्फत किशोरकिशोरीहरुमा भएको उत्साह, रचनात्मक र सुरुवातको  चाहनाको पहिचान गरी राष्ट्को अन्य किशोरकिशोरीहरुहरुलाई उद्यमी सोचाइको विकास गर्न उत्प्रेरित गर्ने कार्यक्रमको आयोजना गर्न लागेको हो । 

अझै उर्जाका साथ यो बर्षको वाई वाई ग्लोकल टिन हिरो लागि आबेदन २१ बैशाख २०७६  मा खुल्ने जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ