arrow

गोदरेज ब्राण्डको नयाँ वर्ष विशेष अफर 

logo
प्रकाशित २०७५ चैत १४ बिहिबार
godrej.jpg

काठमाडौं । प्रख्यात ब्राण्ड गोदरेजले आकर्षक छुटको योजना अगाडि सारेको छ । विश्वस्तरीय डिजाइन र सुविधा सम्पन्न उत्पादनहरुको लागि प्रख्यात गोदरेज ब्राण्डल नयाँ वर्ष २०७६ लाई लक्षित गरी २५ प्रतिशतसम्मको आकर्षक नगद छुट अफर नेपाली बजारमा भित्राएको हो । 

गोदरेजले एयर कन्डिसनरमा फ्रि इन्स्टलेशनसमेत गर्ने भएको छ । यो योजना बिहीबार (चैत १४)  गतेदेखि सीमित अवधिका लागि रहने गोदरेजले जनाएको छ ।  

छ दशकको इतिहास बोकेको गोदरेज ब्राण्डले आफ्नो ग्राहक माझ उक्त अफर सम्पूर्ण घरायसी सामग्रीहरुमा लागु भएको जनाएको छ । 

जस्तै रेफ्रीजिरेटर, वासिङ मेसिन, चेस्ट फ्रिजर, माइक्रोवोभनमा ल्याएको हो । गोदरेज ब्राण्डले रेफ्रीजिरेटरमा १० वर्ष सम्मको कम्प्रेसर वारेन्टी तथा फुल्ली अटोमेटिक वासिङ मेसिनहरुमा पनि १० वर्षसम्मको मोटर वारेन्टी प्रदान गर्दै आएको छ । 

नेपालका लागि गोदरेज ब्राण्डको आधिकारिक विव्रmेता चौधरी ग्रुप अन्तर्गत इओएल प्रालि रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ