arrow

अदालतले सुनोस, तिमिले धरौटीमा छाडेकाहरुले भने ‘मधेशलाई अलग राष्ट्र बनाएर छाड्छौं’

logo
प्रकाशित २०७२ चैत २ मंगलबार
madhesh-nation.jpg.jpeg
काठमाडौं। स्वतन्त्र मधेश गठबन्धनका नेता कार्यकर्ताहरुले मधेशलाई अलग बनाएरै छाड्ने चेतावनी दिएका छन्। उनीहरुले नेपाली राज्यसत्ताले जतिसुकै आफूहरुलाई यातना र दमन गरेपनि आफूहरु मधेशकलाई नेपालबाट अलग गर्ने आफ्नो लक्ष्यबाट पछि नहट्ने जनाएका छन्। सिंहदरवार नजिकै अनामनगरमा एक कार्यक्रम आयोजना गरि उनीहरुले बफ्नो उद्धेश्य प्राप्तिका लागि जस्तोसुकै कुर्वानी दिन तयार रहेको बताए। 
 
सप्तरी जिल्लाको राजविराज र भारदहबाट पक्राउ परेका गठबन्धनका कार्यकर्ताहरु सोमबार विशेष अदालतबाट २५–२५ हजार धरौटी तिरेर रिहा भएपछि मंगलबार मधेश मिडिया हाउसमा पत्रकार सम्मेलन गरी उनीहरुले मधेशलाई नेपाली राज्यको उपनिवेशबाट मुक्त गराएरै छाड्ने चेतावनी दिए। रातो अविर लगाएका उनीहरुको अभिव्यक्तिमा विजयी भाव झल्कन्थ्यो। 
 
कार्यक्रममा मो. उस्मानले यो देशलाई शान्तिको मार्गमा लाने हो भने मधेशीलाई अधिकार दिनैपर्ने जिकिर गरे। उनले आफूहरु प्रहरी हिरासतमा हुँदा सुरक्षाकर्मीहरुले अमानवीय व्यवहार गर्नुका साथै ज्यान मार्ने धम्कीसमेत दिएको पत्रकार सम्मेलनमा जानकारी दिए। उनले एक सुरक्षाकर्मीको भनाईलाई उदृत गर्दै भने, ‘अब यो देशमा नेपाली सेना परिचालन हुन्छ र सीके राउतजस्ता विखण्डनकारीलाई तह लगाउँछन्।’
 
यसैगरी, कार्यक्रममा गठबन्धनका एक जना अभियन्ता श्यामसुन्दर मण्डलले आफूहरु महात्मा गान्धीको मार्गबाट नै शान्तिपूर्णरुपले मधेशलाई स्वतन्त्र बनाउने दाबी गरे। उनले आफूहरुलाई राज्यसत्ताले जति पनि विखण्डनकारी भनेपनि आफूहरुले उठाएको माग सही नै रहेको जिकिर गरेका छन्। गठबन्धनका केन्द्रीय सदस्य डा. वीरेन्द्र यादवले आफ्नो मन्तव्य राखेका थिए। 
 
देशलाई टुक्याउने गतिविधीमा लागेकाहरुलाई विशेष अदालतले जनही २५ हजार धरौटीमा छोड्ने निर्णय सार्वजनिक चासो र चर्चाको विषय बनिरहँदा अदालतले धरौटीमा छाडेकाहरुबाट आएको अभिव्यक्तिले देशको अखण्डता चाहने सर्वसाधारणलाई आक्रोशित बनाएको छ। 



नयाँ