arrow

यस्तो छ ६ जनाले मात्रै थाहा पाएको ‘मिसन शक्ति’को अन्तर्कथा  

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७५ चैत १४ बिहिबार
Mission_shakti1.jpg

नयाँ दिल्ली। भारतीय वैज्ञानिकहरुको एन्टी-स्याटेलाइट मिसाइलको लन्चिङ्गको मिशनको जानकारी बुधवार प्रधानमन्त्री नरेन्द्र मोदीले दुनियाँलाई दिएका थिए । कूल ३ मिनेटमा स्याटेलाइटलाई पुरानो स्याटेलाईटलाई खसाल्ने यो सबै मिसनलाई गोप्य राखिएको थियो । यसबारेमा केवल ५ देखि ६ जनालाई मात्रै जानकारी थियो । सोही ग्रुपका यति मानिसबाहेक प्रधानमन्त्री मोदीबाहेक अरु कसैलाई पनि यस बारे जानकारी थिएन ।  

डीआरडीओका वैज्ञानिक सतीश रेड्डीले  भने कि यस प्रोजेक्टमाथि करिब पछिल्लो ६ महिनामादेखि ३०० वैज्ञानिक र स्टाफहरु दिन रात काम गरिरहेका थिए । यहाँ कि मंगलवार साँझसम्म यसबारे ५ देखि ६ जना भन्दा धेरैलाई मिसाइल लन्चिङ्गको टाइमिङ्गबारे कसैलाई पनि जानकारी दिइएको थिएन । यस भन्दा पहिले सन् १९९८ को मे महिनामा अटल बिहारी वाजपेयी सरकारमा यसैगरी गोपनीय रुपमा परमाणु परीक्षण गरिएको थियो । 

भारतीय रक्षा अनुसन्धान संगठनका वैज्ञानिक सतीश रेड्डीले भने कि, 'आम रुपमा हामी एक स्याटेलाइटको गतिलाई देखाउँदै यसले इन्टरसेफ्ट गर्नको लागि एक सेकेण्डभन्दा पनि कम समय मिल्छ । यस चुनौतीबाट उठ्नको लागि हामीले गाइ़डेन्स कन्ट्रोल, मिशन कम्प्यूटर र सिस्टम्सको जरूरत पर्दछ । जसको कारणले एक्यूरेसी र रिलेटिव टाइमिङ्गबाट मद्दत मिल्दछ।' यस मिशनको सराहना गर्दै डीआरडीओका पूर्व चीफ अविनाश चन्दरले भने कि यसले भारतीय रक्षा अनुसन्धान संगठनको लामो रेन्जको एन्टी-बलिस्टिक मिसाइल प्रोग्रामलाई विस्तार गर्न बाटो खुलेको छ । 

चन्दरले भने कि, 'स्याटेलाइट नित्तान्त फरक चीज हो । यसको वेलोसिटी एकदमै अधिक हुन्छ । साइज छोटो हुन्छ र त्यसको डाटालाई जुटाउनकै लागि एकदमै कम समय मिल्नेछ । यस्तैमा राम्रो बुस्टर विकल्सको जरूरत हुन्छ । समग्रमा भन्दा यो चुनौति हुन्छ कि सो तार्गेटमा कति समयमा पुगिन्छ रु यसका अलावा एन्टी-स्याटेलाइट विकल समेत हुनु पर्दछ । यसले स्याटेलाइटलाई ट्र्याक गर्न सकिन्छ र त्यसकै आधारमा दूरी समेत तय हुन्छ । यस पूरा कामको लागि करिब १० देखि १५ सेकेण्ड समय लाग्दछ । 

यस परीक्षणबाट भारतले बाहिरी अन्तरिक्षमा आफ्नो एसेट्सलाई सुरक्षित राख्ने क्षमता हासिल गरेको छ । कुनै पनि ढंगले विवादको स्थितिमा एन्टी-स्याटेलाइट मिसाइल भारतको पक्षमा ठूलो सहयोगी बन्ने मोदीको दाबी छ । वैज्ञानिकहरुका अनुसार भारत अधिक ऊँचाईबाट आउनेवाला मिसाइलहरुबाट जोगिनको लागि समेत यसले सहयोग गर्दछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ