arrow

केसी दम्पतीले दिए गाँउपालिकालाई एम्बुलेन्स

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७५ चैत १४ बिहिबार
ambulens1.jpg

स्याङ्जा । अर्जुनचौपारी गाँउपालिका २ बस्ने दम्पतीले गाँउपालीकालाई एम्बुलेन्स उपहार दिएका छन् । २४ बर्षदेखि जापानमा बस्दै आएका सुकबहादुर केसी र हिरा केसीले गाँउपालिकालाई एम्बुलेन्स उपहार प्रदान गरेका हुन् ।

केसी दम्पतीले एक समारोह विच गाँउपालिका प्रमुख दिर्घनारायण अर्याललाई साँचो हस्तान्तरण गरेका छन् । एम्वुलेनस नहुदा ग्रामिण क्षेत्रका बासिन्दालाई आकास्मीक सेवाका बिरामीलाई उपचारमा कठिनाई भएको महशुष गरि एम्बुलेन्स प्रदान गरेको दानदाता सुकबहादुर केसीले बताए । म पनि यसै गाँउपालिकामा जन्मेर हुर्केको व्याक्ति हुँ केसीले भने,“यस्ता समस्याको जानकार भएको र सबै भन्दा बढी पिडा सुत्केरी हुन नसकेका महिलाको थियो, अब अकालमै ज्यान जाने छैन ।” गाँउपालिकामा एउटा पनि एम्बुलेन्स नभएका बेला यसले यहाँका बासिन्दालाई ठुलो मदत गर्ने छ केसीले भने ।

दम्पतीले गाँउपालिकालाई एम्बुलेन्स प्रदान गरेर ठुलो सहयोग गरेको गाँउपालिका प्रमुख दिर्घनारायण अर्यालले बताए । यो अब गाँउपालिकाको सम्पति हुने छ गाँउपालिका प्रमुख अर्यालले भने,“यसको सदुपयोग सगै गाँउपालिकावासीलाई २४ सै घण्टा सेवा दिने छ ।” कच्ची सडक सञ्जाल पुगेको भएपनि यो गाँउपालिका ग्रामिण क्षेत्र भएकाले एम्बुलेन्स सेवाले गाँउपालिकावासीको अब अकालमै मृत्यु नहुने विश्वास दिलाउछु उनले भने । गाँउपालिकाले नै एम्वुलेनस सेवा प्रदान गर्नुपर्नेमा केसी दम्पतीले गरेको यो सहयोग गाँउपालिकावासीका लागि ठुलो श्रेय रहेको अर्यालको भनाई छ ।

करिव १२ लाख बराबरको एम्बुलेन्स केसी दम्पतीले गाँउपालिकालाई हस्तान्तरण गरेका छन् । यसले गाँउपालिकाका ६ ओटै वडावासीले सेवा दिने एम्बुलेन्स गाँउपालिकाले नै संचालन गर्ने गाँउपालिकाका प्रवक्ता तथा वडा नम्वर ५ का अध्यक्ष ख्यामनारायण खनालले बताए । एम्बुलेन्स सेवाका लागि भने जिल्ला प्रशासन कार्यालय स्याङ्जाले तोकेको दररेटमा हुने खनालले बताए ।

एम्बुलेन्स हस्तान्तरण समारोहको संचालन गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरन गुरुङ्ले गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ