arrow

आवधिक योजना स्वीकृत हुनुपूर्व मनोनीत भएका परिषद्का २५ सदस्य को को हुन् ?

logo
प्रकाशित २०७५ चैत १४ बिहिबार
oli-cabinet.jpg

काठमाडौं । सरकारले राष्ट्रिय विकास परिषद्मा विभिन्न क्षेत्रका २५ जना व्यक्तित्वहरुलाई मनोनयन गरेको छ । मन्त्रिपरिषद्ले राष्ट्रिय योजना आयोग कार्यसञ्चालन आदेश २०७४ को दफा ७ को उपदफा २(ञ) बमोजिम विभिन्न क्षेत्रका २५ जनालाई नियुक्त गरिएको हो।

सरकारले यस्तो समयमा ती सदस्यहरुलाई नियुक्त गरेको छ जतिबेला राष्ट्रिय योजना आयोगले नेपाल सरकारको आगामी पाँच वर्षको पञ्चवर्षीय आवधिक योजना राष्ट्रिय विकास परिषद्बाट पारित गर्दैछ । राष्ट्रिय योजना आयोग कार्यसञ्चालन आदेशले परिषद्को सदस्य नियुक्तिको लागि सरकारलाई अधिकार दिएको छ । 

सरकारले विभिन्न नगरपालिकाका प्रमुखहरु, विभिन्न उपमहानगरपालिकाको उपप्रमुखदेखि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष हुँदै विभिन्न आर्थिक क्षेत्रका र पेशागत महासंघहरुका अध्यक्षलाई पनि सदस्य मनोनयन गरेको छ । आगामी चैत २० र २१ गते राष्ट्रिय विकास परिषद्को बैठक बस्दैछ । सो बैठकले १५ औं ञ्चवर्षीय योजना पारित गर्ने कार्यतालिका छ । 

मनोनीत भएका राष्ट्रिय विकास परिषद्का सदस्यहरु को को हुन् ?
१ विद्यासुन्दर शाक्य प्रमुख – काठमाडौं महानगरपालिका
२ रेणु दाहाल, प्रमुख – भरतपुर महानगरपालिका
३ भीम पराजुली, प्रमुख – विराटनगर महानगरपालिका 
४ विजय सरावगी, प्रमुख – बीरगञ्ज महानगरपालिका  
५ रीता कुमारी मिश्र, उपप्रमुख - जनकपुर उपमहानगरपालिका धनुषा
६ शिवराज सुवेदी, प्रमुख - बुटवल उपमहानगरपालिका 
७ मोहन माया भण्डारी, उपप्रमुख - बीरेन्द्रनगर उपमहानगरपालिका 
८ सुशीला मिश्र भट्ट,  उपप्रमुख - धनगढी उपमहानगरपालिका
९ रुपा देवी कन्दङवा,  उपप्रमुख - आठराई गाउँपालिका तेह्रथुम
१० गीता अधिकारी, उपप्रमुख - दमक नगरपालिका 
११ शरमा खातुन,  उपप्रमुख - पोखरीया नगरपालिका पर्सा 
१२ सीमा कुमारी क्षेत्री, प्रमुख - पुतलीबजार नगरपालिका 
१३ शिव कुमारी चौधरी, उपप्रमुख - शिवराज नगरपालिका कपिलबस्तु
१४ दिल माया बुढा मगर,  प्रमुख - कुमा गाउँपालिका सल्यान
१५ धनबहादुर कुँवर,  प्रमुख - कुचौडी नगरपालिका बैतडी 
१६ छिरिङ ल्यांबो गुरुङ,  प्रमुख - जिसस मुस्ताङ 
१७ सीता सुन्दास,  अध्यक्ष - जिल्ला समन्वय समिति महासंघ
१८ अशोक दहेजु,  अध्यक्ष - नेपाल नगरपालिका संघ 
१९ होम नारायण श्रेष्ठ, अध्यक्ष - गाउँपालिका महासंघ नेपाल 
२० केशव बडाल, अध्यक्ष - राष्ट्रिय सहकारी महासंघ
२१ भवानी राणा, अध्यक्ष - नेपाल उद्योग वाणिज्य महासंघ
२२ हरिभक्त शर्मा, अध्यक्ष - नेपाल उद्योग परिसंघ
२३ राजेशकाजी श्रेष्ठ, अध्यक्ष - चेम्बर अफ कमर्स
२४ विनोद श्रेष्ठ,  अध्यक्ष - संयुक्त ट्रेड युनियन समन्वय केन्द्र 
२५ सीताराम लामा, अध्यक्ष - गैरसरकारी संस्था महासंघ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ