arrow

लगानी सम्मेलनको उर्जा सेसनमा क–कसले गर्दैछन् सम्बोधन ?

logo
प्रकाशित २०७५ चैत १४ बिहिबार
Investment_Summit_2020752.png

काठमाडौं । सरकारले गर्न लागेको लगानी सम्मेलनको शुक्रबार राजधानीमा औपचारिक उद्घाटन हुँदैछ । दुईदिनसम्म राजधानीको सोल्टी होटलमा आयोजना हुने सो सम्मेलनमा ४० देशका उच्चस्तरीय प्रतिनिधिमण्डल लगायत ६०० बढी लगानीकर्ताको सहभागी हुने जानकारी लगानी बोर्डले दिएको छ ।

सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ‌ओलीले गर्दैछन् । विभिन्न क्षेत्रका भिन्दा भिन्दै क्षेत्रका उपस्थितहरुलाई सरोकारवाला मन्त्रीले सो सेसनको उद्घाटन गर्दैछन् भने विभिन्न देशबाट आएका प्रतिनिधिहरुले त्यो सेसनमा सम्बोधन गर्ने कार्यतालिका रहेको छ । 

लगानी बोर्डले दिएको जानकारी अनुसार उर्जा सम्बन्धी सेसनको अध्यक्षता उर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुनले गर्दैछन् । मन्त्री पुनको अध्यक्षतामा मन्त्रालयका सिनियर डिभिजन इन्जिनियर सागरराज गौतमले यसको प्रस्तुती गर्ने भएका छन् । यसका वक्ताहरुमा योजना आयोगका सदस्य डा. कृष्णप्रसाद ओली, नेपाल विद्युत प्राधीकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, केन्द्रीय विद्युत नियमन आयोगका सचिव सनुज कुमार झा, पावर चाईनाका प्रमुख सङ दोङ च्छेङ र हाईड्रो सोलुसनका कार्यकारी अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले सम्बोधन गर्ने भएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ