arrow

राजनीतिक लडाइ सकियो : मुख्यमन्त्री गुरुङ

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७५ चैत १४ बिहिबार
prithivi-subba.jpg

स्याङ्जा ।  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजनीतिक लडाइ सकिएको बताएका छन् ।  मुख्यमन्त्री गुरुङले अधिकार प्राप्ती र राजनीतिक लडाइ सकिएकोले अबको लडाइ भनेको विकास र समृद्धिको लडाइ भएको बताएका छन् । गण्डकी प्रदेश सरकार द्वारा स्याङ्जाको गल्याङ नगरपालिका १ स्थित मालुङ्गामा स्थापना गरिएको गण्डकी प्रदेश स्तरिय विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला कार्यालयको उद्घाटन गर्दै मन्त्री गुरुङले सो कुरा बताएका हुन् । विकास र समृद्धिको कार्यभार पुरा गर्नकै लागि जनताले कम्युनिष्ट पार्टीलाई जिताएकोले जसरी पनि विकास गर्नै पर्नेमा जोड दिए ।

 मन्त्री गुरुङले पौरखी हातलाई गण्डकी प्रदेश सरकारले सधै सहयोग गर्ने बताए । प्रत्येक गाउँलाई आथिक केन्द्र नबनाए सम्म समृद्ध नेपालको निमार्ण गर्न नसकिने बताउदै मुख्यमन्त्री गुरुङले पौरख गर्न चहाने किसानको लागि प्रदेश सरकार सबै प्रकारको सहयोग गर्न तयार रहेको बताए ।  
। पाँच वर्ष भित्र कृषि उत्पादनलाई दोब्बर बनाउने योजनाका साथ प्रदेश सरकारले काम गरिरहेको बताउदै प्रदेश सरकार पहिलो पटक स्थापना भएकोले सुन्य अवस्थाबाट काम गर्नु परेकोले सरकारले जग बसालिसकेको र अव जनताले काम देख्ने गरी सरकारले काम गर्ने पनि बताए ।

 प्रदेश सरकारले कृषि र पर्यटनका माध्यामबाट जनतालाई बढि भन्दा बढि रोजगारी दिने अभियानका साथ अगाडी बढेको उनको भनाई थियो । स्याङ्जाको मालुङ्गामा स्थापना गरिएको यो कार्यालयले प्रदेश भित्र भित्रिने अखाद्यय वस्तुमा रोक लगाई गुणस्तरीय वस्तु मात्रै भित्रिने भएकोले आम जनताले स्वस्थ्य वस्तुको उपभोग गर्न पाउने मुख्यमन्त्री गुरुङले विश्वास व्यक्त गरे ।

गण्डकी प्रदेशका भूमी व्यवस्था कृषि एवं सहकारी मन्त्री लेख बहादुर थापाले मन्त्रालयले प्रदेशका जनताको स्वास्थ्यलाई ध्यानमा राख्दै प्रदेशको वोर्डरमा कार्यालयको स्थापना गरिएको र अहिले घर भाडामा लिएर कार्यालय सञ्चालन गरिए पनि अर्को वर्ष देखि कार्यालयको भवन निर्माण कार्यको सुरुवात गरिने बताउदै गल्याङ नगरपालिकाले कार्यालय निर्माणको लागि जग्गा उपलब्ध गराइसकेको पनि जानकारी दिए ।

 विहिवारबाट सञ्चालनमा आएको सो कार्यालयमा कृषि र पशु गरी सात जना कर्मचारीको दरबन्दी रहेको मन्त्रालयले जनाएको छ । कार्यालयको स्थापना भए संगै गण्डकी प्रदेश भित्रिने कुखुरा, माछा, मासु तरकारी लगायतका खाद्यय पदार्थ परिक्षण भएर मात्रै भित्रिने भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ