arrow

राष्ट्रिय सहमतिको सरकार आवश्यक छ : कांग्रेस नेता खाँड

logo
प्रकाशित २०७२ चैत २ मंगलबार
khad.jpg.jpeg
काठमाडौ। नेपाली काग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य बालकृष्ण खाँडले अबको सरकार नेपाली काग्रेसका पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा बन्ने दावी गरेका छन । रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा उनले सबैभन्दा ठूलो दलको नेतृत्वमा नभए दह्रो सरकार बन्न नसक्ने भन्दै अबको सरकार बन्दा ठूलो पार्टीको सभापतिको हैसियतले देउवाकै नेतृत्वमा बन्ने बताए ।  साक्षात्कारमा खाँडले भने,‘ काग्रेसभित्र एक ब्यक्ति एक पदको कुरा उठ्ने गरे पनि पूर्व सभापति सुशील कोइराला पार्टी सभापति, संसदीय दलको नेता र प्रधानमन्त्री बनेर संविधानको नेतृत्व गरे। अब पनि शेरबहादुर देउवा नै संसदीय दलको नेता बनेर प्रधानमन्त्री बन्नु हुन्छ ।’
 
खाँडले राष्ट्रिय सहमतिको सरकार विना मुलुक अघि बढ्न नसक्ने दावी गर्दे सहमतिको सरकारकोलागि प्रधानमन्त्री केपी शर्मा ओलीले मार्ग प्रसस्त गर्नु पर्ने धारणा राखे । खाँडले भने,‘ यो सरकारमा काग्रेस कुनै पनि हालतमा जाँदैन ।’खाँडले केपी शर्मा ओली नेतृत्वको सरकार अप्राकृतिक गठबन्धन र कमजोर जगमा बनेकोले यो आफ्नै अन्र्तंविरोध र बोझले ढल्ने दावी गर्दै भने,‘ संविधान मान्ने, राजतन्त्र ब्यूताउने, संघीयता नस्विकार्ने दलहरुको अप्राकृतिक गठबन्धनले बनेको सरकारमा मेल खाँदैन । हाम्रो सरकार परिवर्तन गर्ने लक्ष्य छैन तर हामीले निर्णय गर्नु भन्दा अघि यो सरकार ढल्छ ।’
 
खाँडले बजार जाँदा सरकार छ कि छैन भन्ने स्थिति रहेको, विकास ढप्प भएको, संबैधानिक समस्या समाधान गर्न नसकेकोले पनि सरकार असफल भएको दावी गरे । खाँडले प्रधानमन्त्रीको चीन भ्रमण सफल होस भन्ने आफूहरुको चाहना सुनाए पनि भ्रमणबाट ठूलो उपलब्धि हात लाग्ने स्थिति नदेखिएको भन्दै भ्रमणको विषयमा प्रधानमन्त्रीले राष्ट्रिय सहमति गर्नु पर्ने सुझाव दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ