arrow

भाजपालाई ‘खामोस...’ भन्दै शत्रुघन सिन्हा कांग्रेसतिर 

logo
प्रकाशित २०७५ चैत १४ बिहिबार
satrughan-hinha-news.jpeg

काठमाडौं । बलिउडमा ‘खामोस...’ भन्दै डाइलग बोलेर चर्चा कमाएका वरिष्ठ कलाकार शत्रुधन सिन्हाले लोकसभा निर्वाचनमा टिकट नपाएपछि भारतीय जनता पार्टी (भाजपा) छाडेर भारतीय राष्ट्रिय काँग्रेसमा जाने भएका छन् । 

भाजपाका सांसद सिन्हाले बिहीबार काँग्रेस अध्यक्ष राहुल गान्धीसँग भेटवार्ता गरी सांसदको उम्मेदवारीसमेत पक्का गरेका छन् । 

दुई पटकसम्म भाजपाबाट सांसद भइसकेका सिन्हा आउँदो अप्रिल ६ तारिखका दिन काँग्रेसमा प्रवेश गर्ने तय भएको काँग्रेस नेताहरुले जानकारी दिएका छन् । 

भाजपाका सांसद भएर पनि उनले भाजपाका नेता एवं प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गर्दै आएका थिए । उनले मोदीको पार्टीबाट निर्वाचनका लागि टिकट नपाएपछि काँग्रेस प्रवेश गर्न लागेको बताइएको छ । 

भाजपाका सांसद सिन्हालाई पटनाको सहिब निर्वाचन क्षेत्रबाट टिकट दिन मोदीले अस्विकार गरेपछि काँग्रेस छिर्न लागेका हुन् । “भाजपामा लोकतन्त्र छैन, तानाशाही प्रभाव छ, त्यहीभएर मैले भाजपा छोड्ने र काँग्रेसमा प्रवेश गर्ने निर्णय गरेको हुँ,” उनले भने ।

उनले आफु पहिलेदेखि नै नेहरु र गान्धी परिवारप्रति श्रद्धा गर्ने व्यक्ति भएकाले पनि काँग्रेस पार्टी प्रवेश गर्न मन लागेको बताए । उनले यसअघि निर्वाचन लडेको निर्वाचन क्षेत्रमै अहिले काँग्रेस पार्टीबाट निर्वाचन लड्ने पनि जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ