arrow

के भएको प्रदेश २ लाई ? एसईईमा सामाजिकको पनि प्रश्नपत्र बाहिरियो ? 

logo
प्रकाशित २०७५ चैत १५ शुक्रबार

काठमाडौं । फलामे ढोका भन्दै परिचित एसईई परीक्षाा अन्तर्गत शुक्रबार हुँदै गरेको अनिवार्य सामाजिक विषयको परीक्षाको प्रश्नपत्र पनि प्रदेश नम्बर २ मा अग्रिम बाहिरिएको आशंका गरिएको छ । 

अनिवार्य विज्ञानको प्रश्नपत्र अग्रिम बाहिरिएपछि बिहीबारको परीक्षा सरेर चैत २२ गतेलाई सारिए पनि सोही राति नै शुक्रबार हुनुपर्ने सामाजिकको प्रश्नपत्र पनि बाहिरिएको आशंका गरिएको छ । 

प्रश्नपत्र बाहिर आएको भए पनि त्यो प्रश्नपत्र सक्कली हो वा नक्कली हो भन्ने छुट्टाउन लागिएको बुझिएको छ । 

परीक्षा सुरु हुनुअगावै प्रश्नपत्र बाहिरिएको विषयमा छानबिन गर्न गठन भएको छानबिन समितिले काम नथाल्दै पुनः प्रश्नपत्र बाहिरिएको हो । 

प्रश्नपत्र सार्वजनिक भएको विषयमा छानविन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । देशभर यही चैत १० गतेदेखि शुरु भएको परीक्षा २१ गतेसम्म चल्नेछ । 

बोर्डले सातै प्रदेशमा अनिवार्य विषयको फरकफरक प्रश्नपत्र बनाएपछि यसअघिको एसएलसीमा जस्तै बढी त्रास बोकेरै प्रदेश २ ले बढी नै अनियमितता गर्ने अवसर पाएको हो , 

यसअघि आधादर्जन निरीक्षक र दर्जनबढी परीक्षार्थीहरुलाई कार्वाही भइसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ