- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । बेलायती संसदको इतिहासमा शुक्रबार (चैत १५ गते) एक ‘फ्राइडे डिसिजन डे’ को रुपमा स्थापित हुँदैछ । ब्रेक्जिट मुद्दामा बेलायतको संसदमा शुक्रबार फेरि एक पटक मतदान हुँदैछ ।
बेलायती सांसदहरुले आयरलान्डको सीमामा भएको सम्झौता (आइरिस ‘व्याकस्टप’ युरोपेली संघ र बेलायत अलग हुँदा पैसाको लेनदेन अर्थात् ‘सम्बन्ध विच्छेद बिल’ र नागरिकको अधिकार विषयमा मतदान गर्ने छन् ।
युरोपियन युनियनको साथमा बेलायतको भविष्यको बारेमा भने मतदान गरिने छैन । आजभन्दा दुई वर्षअघि बेलायत सरकारले आर्टिकल ५० लागु गरेको थियो । जसअनुसार ठीक २ बर्षपछि ब्रेक्जिट कार्यान्वयन गर्नुपर्ने हुन्छ ।
यसबीचमा कयौं बेलायती सांसदहरुले युरोपियन युनियनसंग भएको सम्झौतामा आफ्नो असन्तुष्टि जनाइसकेका छन् ।
लेबर पार्टी र डेमोक्रेटिक पार्टीले यो सम्झौताको विरोधमा मतदान गर्ने बताएका छन् । प्रधानमन्त्री टेरिजा मेले भने प्रतिष्ठाको लडाइको रुपमा लिएकी छिन् ।
मेले आफ्नो पक्षमा मतदान गरे सरकारबाट छाड्न तयार रहेको बताइसकेकी छिन् । तर सांसदहरुले बेलायतको भविष्य भन्दै मेको विपक्षमा गएका छन् ।
अहिलेसम्म भएको आठ पटकका मतदानमा मे पराजित भइसकेकी छिन् ।