arrow

कश्मीरमा भिडन्त जारी, दुई आतंककारीको ज्यान गयो, चार सुरक्षाकर्मी घाइते

logo
प्रकाशित २०७५ चैत १५ शुक्रबार
attack8.jpg

काठमाडौं । भार प्रसासित क्षेत्र जम्मू कश्मीरको बडगाममा शुक्रबार बिहान भएको भिडन्तमा सुरक्षाकर्मीले दुई जना आतंककारीलाई मारेको छ । 

बिहीबार पनि चार जना आतंककारीलाई सुरक्षाकर्मीले मारेको थियो । दिल्ली पुलिसका अनुसार चार जना सुरक्षाकर्मी घाइते भएका छन् । 

भारतीय सुरक्षाकर्मीले कार्वाहीलाई तीव्रता दिने क्रममा गत मार्च २१ मा आतंकवादी समूह जैश–ए–मोहम्मदका सज्जाद खानलाई लालिकिलाको इलाकाबाट गिरफ्तार गरेको थियो । 

गत फेब्रुअरी १४ तारिखमा पुलवामा हमलापछि खान फरार रहेका थिए । खान भारतीय सुरक्षाकर्मी सीआरपीएफमाथि हमला गर्ने मास्टरमाइन्ड मुदस्सिर खानका खास मानिस रहेको दावी गरिएको छ । 

पुलवामा आक्रमणमा ४७ सुरक्षाकर्मीको ज्यान गएको थियो । 

बडगाममा अहिले पनि भिडन्त जारी रहेको सुरक्षाकर्मीलाई उधृत गर्दै भारतीय संचारमाध्यमहरुले बताएका छन् । 

बडगामको सुतसू गाउँमा अझै पनि केही आतंकवादीहरु लुकिरहेको बताइन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ