arrow

एडीबीका उपाध्यक्षले निकाले मेलम्ची र विमानस्थलको कुरा, विश्व बैंकका उपाध्यक्षले के भने ?

logo
प्रकाशित २०७५ चैत १५ शुक्रबार
HartwigSchafer.jpg

काठमाडौं । शुक्रबारदेखि राजधानीमा सुरु भएको लगानी सम्मेलनबारे विदेशी लगानीकर्ताहरुले सकारात्मक टिप्पणी गरेका छन् । शुक्रबार भएको उद्घाटनसत्रमा उपस्थित विदेशी पाहुनाहरुले यो लगानी सम्मेलनले नेपालमा लगानीको अवसरबारे जानकारी दिएको प्रतिक्रिया दिएका छन् । 

कार्यक्रममा बोल्दै एशियाली विकास बैंकका उपाध्यक्ष क्षसिजिन चेनले ऊर्जा, खानेपानी, शहरी पूर्वाधार, शिक्षालगायत क्षेत्रमा लगानी गरेको जानकारी दिँदै थप लगानीका लागि समेत रणनीति तयार गरिएको बताए । 

उनले मेलम्ची खानेपानी आयोजना, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा लगानी गरेको र ती आयोजना सम्पन्न हुने चरणमा पुगेको भन्दै अन्य ठूला लगानीका क्षेत्रमा समेत सहयोग गर्न इच्छुक रहेको बताए। 

उनले दीर्घकालीन लगानीको सोच बनाएको र कृषि तथा मझौला लगानीका क्षेत्रमा समेत इच्छुक रहेको बताए । नेपाल यतिखेर आर्थिक विकासको मार्गमा अगाडि बढेको उल्लेख गर्दै उनले बैंकले नेपाल सरकारको नीतिलाई सहयोग गर्दै लगानी गरेको स्पष्ट पारे। 

त्यस्तै, विश्व बैंकका उपाध्यक्ष हार्टवीग स्याफरले नेपाल सरकारले अगाडि सारेको ‘सुखी नेपाली, समृद्ध नेपाल’को सङ्कल्पलाई पूरा गर्ने गरी लगानी गर्न आफू तयार रहेको बताए । उनले पछिल्ला दिनमा नेपाल सरकारले सुधार गरेका कानूनी संरचनाका कारण थप लगानीयोग्य वातावरण बनेको उनको भनाइ थियो । 

सरकारसँगै निजी क्षेत्रले समेत सकारात्मक रुपमा लगानी गर्नसक्ने वातावरण बनेको भन्दै उनले निजी क्षेत्रमासमेत लगानी गर्न आफूहरु इच्छुक रहेको बताए । ऊर्जाको क्षेत्रमा ठूलो लगानीको सम्भावना रहेको भन्दै उनले दीर्घकालीन लगानीका लागि समेत आफू इच्छुक रहेको बताए । 

नेपाल दुई ठूला आर्थिक रुपमाशक्ति सम्पन्नहुँदै आएका देशको बीचमा रहेका कारण पनि लगानीका लागि थप उपयुक्त रहेको बताए । विश्व बैंकले नेपाललाई विगत ५० वर्षदेखि लगानीगर्दै आएको र यतिखेर पनि धेरै परियोजनामा लगानीगर्दै आएको उनको भनाइ थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ