arrow

टिसिएलको 'लकरमा भयंकर' अफर 

logo
प्रकाशित २०७५ चैत १५ शुक्रबार
tcl.gif

काठमाडौं। विश्वकै उत्कृष्ट व्राण्डद्वारा सम्मानित टिसिएलको यस नयाँ वर्ष २०७६ लाई लक्षितगरि मनै लोभ्याउने 'क्यास व्याक' तथा 'लकरमा भयंकर अफर' ल्याएको छ । अमेरिकासँगै एशियामा पनि प्रख्यात रहेको टिसिएल ब्राण्ड, नेपालमा पनि ग्राहकहरुको उच्च रोजाईमा रहेको कम्पनीको दाबी रहेको छ । यस वर्ष टिसिएल ब्राण्डले नयाँ वर्षलाई लक्षित गर्दै ग्राहकमाझ आफ्ना घरायसी सामाग्रीहरुमा २५% सम्मको 'क्यास व्याक' प्रदान गर्ने भएको छ ।यसका साथै यस वर्ष थप पृथक उपहार योजना 'लकरमा भयंकर'ल्याएको छ। उक्त योजनामा सामिल हुनका लागि ग्राहकले टिसिएलको  ४० इन्च भन्दामाथिको  कुनैपनि स्मार्ट टेलिभिजन खरिद गर्नु पर्ने जनाएको छ। खरिदसँगै ग्राहकले एउटा स्क्राचकुपन प्राप्त गर्नेछन्। उक्त कुपन स्क्राचगरे ससँगै ग्राहकले तुरुन्तै पक्का पुरस्कार प्राप्त गर्नेछन भने कार्डमा भएको कोड प्राप्त गर्ने छ जुन योजनाको अन्त्यमा एक कार्यक्रमकाबीच हुने लक्की ड्रमा समावेश गरिनेछ।उक्त लक्की ड्रमा विजेता हुने ग्राहकलाई  लकरमा भएको भयंकर उपहार प्रदान गरिने छ कम्पनीले जनाएको छ।

यो योजना चैत्र १५, २०७५ देखि नेपालअधिराज्यभर सिमित अवधिका लागी प्रदान गरिने कम्पनीद्वारा जारी विज्ञप्तीमा जनाइएको छ। 

२० देखि ६५ इन्चसम्मको साधारण तथा स्मार्ट टेलिभिजनका मोडलहरुमा उपल्ब्ध टिसिएल व्राण्डले नेपालमा गुगल एन्ड्रोइड टेलिभिजन पनि भित्राएको छ। ग्राहकहरुको उच्च रोजाई बन्न सफल भएको उक्त टेलिभिजनहरुमा ३ वर्ष तथा एसीमा ५ वर्षको वारेन्टी प्रदान गरेको नेपालका लागि टिसिएलको आधिकारिक विक्रेता सिजी इलेक्ट्रोनिक्सले जनाएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ