arrow

चीन सरकारको बेवास्ताका कारण अनुदानको विमान ग्राउण्डेड

logo
प्रकाशित २०७५ चैत १५ शुक्रबार
nepal-airlines.jpg

काठमाडौं । ६ वर्ष अघि चिनियाँ अनुदानमा ल्याएको सरकारी स्वामित्वको राष्ट्रिय ध्वजावाहक विमान यतिबेला अधिकांश समय ल्याण्डिङ हुने गरेको छ । सरकारी विमान सेवा कम्पनी नेपाल वायुसेवा निगमले सरकारबाट अनुदान पाएको वाई–१२ का दुई र एमए–६० को एक जहाज लामो समयदेखि ग्राउन्डेड भएको वायु सेवा निगमले जानकारी दिएको छ । 

सो वहाजको प्रत्येक ६/६ महिनामा पाइलटहरुको सीप परीक्षण प्रमाणपत्र (पीपीसी) नवीकरण गर्नुपर्ने कानूनी प्रावधान रहेको छ । सो प्रमाणपत्र नवीकरण नभएको कारण पनि निगमको विमान ग्राउन्डेड भएको निगम स्रोतले जनाएको छ । चीनले अनुदान दिएकोले सो प्रमाणपत्र नवीकरणको लागि चीन जानुपर्ने प्रावधान रहेपनि चीन सरकारले सो प्रमाणपत्र नवीकरणको लागि आनाकानी गरेको आरोप लाग्ने गरेको छ । सो कामको लागि चीन सरकारले अलमल गर्दा र नेपालमा पर्याप्त पाइलटको अभावमा उडानयोग्य जहाज पनि विमानस्थलमै ग्राउन्डेड भएको हो । 

वाई–१२ का प्रशिक्षक पाइलट आङनुरी शेर्पा र सञ्जय बादेको पीपीसी नवीकरणमा चीन सरकारले चासो नदिएको निगम स्रोतले बतायो। सोही कारण पाइलट अभावले उडान रोकिएका वाई–१२ का तीनवटै जहाज पालैपालो निपेन्द्र भट्टराईले उडाउँदै आएका छन्। वाई–१२ जहाज उडान गर्दै आएका दुई पाइलटको पीपीसी नवीकरण नहुँदा जहाज उडाउन नसकिएको हो। 

वाई–१२ को चार जहाजमध्ये हाल तीनवटा जहाजले उडानका लागि योग्य भएर पनि उडान भर्न नसकेका हुन्। तर, यता निगमले महंगो बीमा शुल्क, पाइलट तथा इञ्जिनियरहरुको मासिक तलब खर्च तथा त्रिभुवन विमानस्थल कार्यालयको पार्किङ शुल्क भने नियमित रुपमा बुझाउँदै आएको छ। चिनियाँ अनुदानमा ल्याइएका जहाजको खर्च निगमले अरु जहाजबाट परिपूर्ति गर्दै आएको छ।

हाल नेपाल वायुसेवा निगमको ६ वटा विमान ग्राउन्डेड छन्। वाई–१२ को ३ विमान ग्राउन्डेड हुन्छन्। निगमका सह–प्रवक्ता नवराज कोइरालाका अनुसार निगमको बोइङ ७५७ ले लामो समयदेखि उडान नै भर्नसकेको छैन। त्यस्तै एमए–६० को एक विमान र टिवनअटर अर्को विमान पनि ग्राउन्डेड रहेका छन्। वि।सं।२०६९ सालमा नेपाल सरकार र चीन सरकारबीच भएको सम्झौताअनुसार निगमले ६ वटामध्ये दुई वाई १२ ई र एउटा एमए ६० विमान चिनियाँ अनुदानमा नेपालले प्राप्त गरेको थियो। अनुदानबाहेकका दुई वाई १२ ई र एउटा एमए ६० विमान एक्जिम बैंकको सहुलियत ऋणमा खरिद गरिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ