arrow

नर्सिङ काउन्सिलको दर्ता परीक्षामा करिब चार हजार विद्यार्थी उतीर्ण

logo
प्रकाशित २०७२ चैत २ मंगलबार
nurselicensing.jpg.jpeg
काठमाडौँ । नेपाल नर्सिङ काउन्सिलले लिने दर्ता परीक्षामा तीन हजार ९६७ नर्सिङ विद्यार्थी उतीर्ण भएका छन् । गत फागुन १५ गते लिइएको परीक्षामा यस पटक देशभरका चार हजार ४९६ नर्सिङ विद्यार्थीले परीक्षा दिएकोमा ५२९ विद्यार्थी अनुतिर्ण भएको काउन्सिलले जनाएको छ । काउन्सिलकी अध्यक्ष चन्द्रकला शर्माले अघिल्ला वर्षको तुलना यो पटक धेरै विद्यार्थी उतीर्ण भएको बताउनुभयो । 
 
सन् २०१२ देखि काउन्सिले नर्सिङ पढेका विद्यार्थीलाई काउन्सिलले लिने दर्ता परीक्षा उतीर्ण गरेपछि मात्र सरकारी सेवा गर्न पाउने व्यवस्था गरेको छ । काउन्सिललले हालसम्म २२ हजार ५६२ नर्सको परीक्षा लिइसकेकोमा १९ हजार ६६ विद्यार्थीले परीक्षा उतीर्ण गरेका छन् भने तीन हजार ४९६ अनुतिर्ण भएका छन् । काउन्सिलमा हाल ३७ हजार ६५२ नर्स, २५ हजार २११ अनमी र ८११ विदेशबाट अध्ययन गरी आएका नर्स दर्ता छन् । नेपालका ११५ क्याम्पसमा प्रविणता प्रमाणपत्र तहस्तरको नर्सिङ र ४० क्याम्पसमा स्नातक तहको नर्सिङको अध्यापन हुँदै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ