arrow

भारतको लोकसभा चुनाव : जमानतबापत कसले कति तिर्नुपर्छ पैसा ?

logo
प्रकाशित २०७५ चैत १५ शुक्रबार
loksabha3.jpg

नयाँ दिल्‍ली । भारतीय लोकतन्त्रको महाकुम्भ लोकसभा चुनावको घोषणा भइसकेको छ। सबै दलहरुका दिग्‍गज नेता चुनाव प्रचारमा कुद्न थालिसकेका छन् । चुनावी मैदानमा उत्रन इच्‍छुक मानिसहरुले उम्मेदवारी घोषणा गर्न समेत सुरु भइसकेको छ । सात चरणमा हुन गइरहेको यो चुनाव ११ अप्रिलदेखि सुरु हुँदैछ । १९ मे सम्म चल्ने लोकसभा चुनावको परिणाम २३ मेमा आउनेछ । यस पूरा चुनावी प्रक्रियामा सामेल हुनको लागि प्रत्‍येक प्रत्‍याशीलाई एक निश्चित जमानत राशि जम्मा गर्नु पर्दछ । जुन जमानत चुनाव आयोगको शर्तहरु पूरा नगरेमा जफत हुन्छ ।  

भारतीय संविधानको अनुच्‍छेद ८४ (द) का अनुसार २५ सालको कुनैपनि व्‍यक्तिलाई लोकसभा चुनाव लड्न पाउने अधिकार छ । अहिले चुनाव लड्नको लागि सो व्‍यक्तिको भोटरको रुपमा देशको कुनैपनि हिस्सामा पञ्जीकृत हुनु आवश्यक छ । दिल्‍लीमा पञ्जीकृत भोटर केरलामा चुनाव लड्न सक्छ । यसैगरी पञ्जाबको भोटर व्‍यक्ति असममा समेत चुनाव लड्न सक्दछ । 

भारतीय जनप्रतिनिधित्‍व कानूनको सेक्‍शन ८ (घ)का अनुसार दुई वर्ष या सो भन्दा अधिक सजाय पाएका व्‍यक्तिलाई चुनाव लड्नको लागि अधिकार दिइएको छैन । यदि यस्ता व्‍यक्ति नामांकन दाखिला गर्दछ भने उसलाई आयोगले अयोग्‍य घोषित गर्न सक्छ । चुनाव आयोगको नियमका अनुसार दोषी ठहर भएपछि यदि कुनै पनि प्रत्‍याशी उम्मेदवार चुनिएभने पनि ती उम्‍मीदवार पछि मुद्दा परेमा स्वतस् अयोग्य ठहरिन्छन् । कोही पनि व्‍यक्ति दुई सीटभन्दा अधिकमा चुनाव लड्न सक्दैनन् । 

कति छ जमानतको राशी रु 
जनप्रतिनिधित्‍व कानूनका अनुसार लोकसभा चुनाव लड्नको लागि हरेक प्रत्‍याशीलाई नामांकनको दौरान २५ हजार रुपैयाँ जमानत राशि जम्मा गर्नु पर्दछ । अनुसूचित जाति र अनुसूचित जनजाति प्रत्‍याशीहरुलाई यसमा छूट दिइएको छ । एससी र एसटी प्रत्‍याशीहरुलाई मात्र १२,५०० रुपैयाँ जमानत राशी जम्मा गर्नु पर्दछ । विधानसभा चुनावमा यो जमानत राशि सामान्‍य प्रत्‍याशीहरुको लागि १० हजार रुपैयाँ र एससी(एसटीको लागि ६ हजार रुपैयाँ रहेको छ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ