सुनुवाईको क्रममा बेलायती न्यायाधीशले भने 'माल्या र मोदीलाई एउटै जेलमा राख्नू'
प्रकाशित २०७५ चैत १६ शनिबार
688
Shares
लण्डन । ब्रिटेनको एक अदालतले शुक्रवार नीरव मोदीको दोस्रो जमानत याचिकालाई खारेज गरिदिएको छ । अदालतले भनेको छ कि यस विषयमा पर्याप्त प्रमाण छ कि भगौडा हीरा कारोबारी आत्मसमर्पण गर्न सक्दैन । ४८ वर्षीय नीरव मोदी दोस्रो पटक जमानतको याचिका लिएर वेस्टमिनिस्टरको मजिस्ट्रेट अदालत सामु पुगेका थिए ।
सुनवाईको क्रममा अदालतको शुक्रबारको हरेक पल रोचक देखिएको थियो । न्यायाधीश एमा अर्बुथनटले नीरव मोदीको दोस्रो जमानत याचिकामा सुनवाई गर्दै अभियोजन पक्षसँग सोधेका थिए कि यदि नीरव मोदीलाई समेत भारतलाई प्रत्यर्पित गरियो भने के उनलाई विजय माल्याको साथमा नै राखिनेछ ।
अचम्मको कुरा यो छ कि हीरा कारोबारी नीरव मोदीमाथि २ बिलियन अमेरिकी डलरको हिनामिनाको र सम्पत्ति शुद्धीकरणको आरोप लागेको छ । सुनवाईको शुरुआतमा वेस्टमिन्स्टर मजिस्ट्रेट कोर्टका चीफ मजिस्ट्रेट अर्बुथनटले भने कि पछिल्लो साल डिसेम्बरमा माल्याको प्रत्यर्पणको आदेश दिने क्रममा नीरव मोदीको प्रत्यर्पणको समेत आभास भएको थियो ।
जजले सोधे कि के तपाई बताउँन सक्नुहुन्छ कि भारतको कुन् ठाउँमा माल्याको माग भएको छ । जजले सोधेको प्रश्नको अर्थ यो थियो कि निरव मोदीलाई कुन् जेलमा राखिनेछ रु मामलामा भारतको तर्फबाट बहस गरिरहेका क्राउन प्रोसिक्यूशन सर्विसले भन्यो कि यो प्रत्यर्पण मुम्बईको लागि र त्यसमा पनि आर्थर रोड जेलमा हुन सक्छ । जहाँ मदिरा कारोबारी माल्यालाई राख्नको लागि व्यवस्था गरिएको छ । त्यसपछि जजले हल्का(फुल्का अन्दाजमा भने कि दुबैको लागि एकै जेल ठीक छ । जस्तो कि माल्या प्रत्यर्पण सुनवाईको दौरान पेश गरिएको पछिल्लो भिडियोबाट थाहा पाईइएको छ कि जेलमा पर्याप्त ठाउँ छ ।
दुबै पक्षको सुनुवाई सुनेपछि मुख्य मजिस्ट्रेट एमा अर्बथनटले भने कि नीरव मोदीको वानूआतूको नागरिकता हाँसिल गर्न गरेको प्रयासले पनि यो कुरा थाहा हुन्छ कि उनी धेरै समय पहिलेदेखि भारतबाट टाढा जाने प्रयासमा थिए ।