arrow

बेलायती संसदद्वारा ब्रेक्जीट प्रस्ताव तेस्रो पटक अस्वीकृत

logo
एएफपी,
प्रकाशित २०७५ चैत १६ शनिबार
brexit-EU.jpg

लन्डन। बेलायती संसद हाउस अफ कमन्सले शुक्रबार अपराह्न भएको मतदानमा प्रधानमन्त्री थेरेसा मेको प्रस्तावलाई तेस्रो पटक अस्वीकृत गरेको छ। प्रधानमन्त्री मेले युरोपेली यूनियन (इयू) बाट बेलायत बिना कुनै सम्झौता बाहिरिने सम्बन्धी प्रस्ताव प्रस्तुत गरेकिथिइन्। प्रधानमन्त्रीको उक्त प्रस्तावमा मतदान हुँदा बिना सम्झौता बाहिरिनु ठीक हो भन्ने प्रस्ताव ३४४ मतले पराजित भएको थियो। प्रधानमन्त्रीको पक्षमा २८६ मत मात्र प्राप्त भएको थियो।

प्रधानमन्त्रीको प्रस्ताव विफल भएसँगै इयूबाट बेलायतको बहिर्गमन (ब्रेक्जीट)मा थप ढिलाई हुने सम्भावना बढेको छ। सहमति बमोजिम इयूबाट बेलायत आगामी शुक्रबार अर्थात् मार्च २९ तारिखमा बाहिरिनुपर्ने थियो तर प्रधानमन्त्री मेले गत साता युरोपेली नेताहरु समक्ष केही समय दिन आग्रह गरेकिथिइन्।

बेलायती संसदको उक्त कदमलगत्तै युरोपेली यूनियनका परिषद अध्यक्ष डोनाल्ड टस्कले अप्रिल १० मा ब्रसेल्समा आपतकालीन बैठक डाकेका थिए। इयूले बेलायतको निर्णयका लागि अप्रिल १२ को नयाँ मिति तोकेको छ। उक्त मितिमा दुई वटा विकल्प रहने छन्ः बिना सम्झौता बेलायत इयूबाट बाहिरिने छ वा नयाँ विधिका साथ लामो समयावधि बेलायत समक्ष उपलब्ध हुनेछ।

यसैबीच, युरोपेली संसदको निर्वाचन आगामी मे महिनामा हुँदैछ। प्रधानमन्त्री मेले उक्त चुनावमा बेलायती जनतालाई मतदान गराउने कुरा “अस्वीकार्य” हुने स्पष्ट गरेकिछिन्। इयूबाट बाहिरिने विषयमा सन् २०१६ मा आयोजित जनमतसङ्ग्रहमा भाग लिइसकेका जनतालाई पुनः युरोपेली संसदको निर्वाचनमा सहभागी गराउनु ठीक होइन, प्रधानमन्त्री मेले भनिन्।

बेलायती सांसदहरुले प्रधानमन्त्री मेले इयूसँग गरेको सम्झौतालाई अस्वीकृत गरिसकेका छन्। फ्रान्स र जर्मनीले बेलायतले आफ्नो धारणा सुस्पष्ट रुपमा अगाडि ल्याउनुपर्ने बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ