arrow

पाकिस्तानी पत्रकार हुसेनको अपहरण

logo
प्रकाशित २०७५ चैत १६ शनिबार
pakistani-jourlalist-jang.jpg

काठमाडौं। पाकिस्तानमा एक कला पत्रकारको अपहरण भएको छ। शनिबार आफ्नै घरमा बसिरहेको बेलामा पाकिस्तानी पत्रिका डेल्ली जाङका कला पत्रकार मतलुब हुसेन अपहरणमा परेका हुन्। उनलाई गरेको अपहरणबारे पाकिस्तानी प्रहरीले भने कुनै प्रतिक्रिया दिएको छैन।

अन्तराष्ट्रिय पत्रकार महासंघका साधारण सदस्य समेत रहेका जाङलाई एक अपरिचित समूहले अपहरण गरेको पाकिस्तानी पत्रकार नाइमत खानले जानकारी दिएका छन्। उनी कला पत्रकार भएकोले पनि उनलाई धार्मिक कट्टरपन्थीहरुले अपहरण गरेको हुनसक्ने आशंका गरिएको छ।

पत्रकारहरुको लागि पाकिस्तान असुरक्षित रहेको गुनासोहरु आईरहेको बेला यो घटनाले पाकिस्तानी पत्रकारहरु झनै त्रसित बनेका छन्। यसैगरी सो घटनाको अन्तराष्ट्रिय पत्रकार महासंघले भत्र्सना जनाएको छ। साथै नेपाल प्रेस युनियनले पनि पाकिस्तानी पत्रकारमाथि भएको अपहरणको भत्र्सना गरेका छन्। युनियनका महासचिव अजयबाबु शिवाकोटीले पत्रकारिता जगतलाई नै त्रसित बनाउने गरी गरिएको यो अपहरण भत्र्सना योग्य काम भनेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ