arrow

डेढ लाख बराबरका शैक्षिक तथा खेलकुद सामाग्री वितरण

logo
विशन क्षेत्री,
प्रकाशित २०७२ चैत २ मंगलबार
Parbati-hamrakura.jpg.jpeg
पर्वत । पाँचौ स्थापना दिवसको अवसरमा रोट्रयाक्ट क्लव अफ पर्वतले डेढ लाख बराबरको शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेको छ । स्थापना दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम गर्दै आईरहेको क्लवले सप्ताहको तेश्रो दिन बृहत कार्यक्रमको आयोजना गरि खौलालाकुरी गाविसका एक माध्यमिक विद्यालय सहित पाँच वटा प्राथमिक विद्यालयलाई सामाग्री वितरण गरेको हो  कार्यक्रममा क्षेत्र नं. २ पर्वतका सांसद् विकास लम्साल, लम्सालकी धर्मपत्नी मञ्जु शर्मा, रोटरी क्लव अफ पर्वतका अध्यक्ष गणेशबहादुर क्षेत्री, क्लवका अध्यक्ष सन्तोषराज पौडेल ले संयुक्त रुपमा सामाग्री हस्तान्तरण गरेका थिए ।
 
क्लवले खौलालाकुरी माध्यमिक विद्यालयका २१ जना विद्यार्थीहरु र सोही गाविसका अन्य पाँच प्राथमिक विद्यालयका ४१ जना विद्यार्थीहरुलाई झोला, ड्रेस, कपी र स्विटर वितरण गरेको हो । शैक्षिक सामाग्रीका साथै क्लवले माध्यमिक विद्यालयका ९० जना विद्यार्थीलाई सरसफाईका सामान प्रदान गरेको हो । कार्यक्रममा नै क्लवले आर्थिक अवस्था कमजोर भएका आगलागी पिडित झलक परियारलाई एक थान सिलाई कटाई मेसिन समेत वितरण गरेको छ ।
 
क्लवले खौलालाकुरी गाविसको कोट लाई सरसफाई व्यवस्थापनको लागि एक थान डस्बिन पनि सोही कार्यक्रममा वितरण गरेको हो । सामाग्री वितरण पश्चात कार्यक्रममा बोल्दै प्रमुख अतिथी सांसद लम्सालले हरेक समय सामाजिक काममा मात्रै सक्रिय हुने क्लवले गरेको यो कार्यक्रम जिल्लाका अरु संघसंस्थाको तुलनामा अति सह्राहनिय भएको बताए । शिक्षा र अन्य विकास तथा समाज रुपान्तरणमा रोट्रयाक्टले खेलेको भूमिका साँच्चिकै प्रशंशनिय भएको उनले बताए ।
 
रोट्रयाक्टको गतिविधिले रोटरीलाई समेत सक्रिय बनाउँदै लगेको भन्दै शैक्षिक विकासमा क्लवले पुर्‍याएको योगदान अरुको भन्दा उच्च रहेको रोटरी क्लव अफ पर्वतका अध्यक्ष गणेशबहादुर क्षेत्रीले बताए ।  क्लवका अध्यक्ष सन्तोषराज पौडेलले आफूहरुले कुनै परियोजना तथा कतैबाट बजेट ल्याएर नभई खाजा खर्च कटाएर तथा कुनै सहयोगी हातहरुबाट प्राप्त सहयोग जस्ताको तस्तै समुदायमा हस्तान्तरण गरिएको हुनाले यसबारे कसैले भ्रम पालेर नबस्न आग्रह गरे ।
 
कार्यक्रमका अवसरमा स्थानीय  राजनीतिक दलका प्रतिनिधिहरु, शिक्षा तथा सामाजिक क्षेत्रका व्यक्तिहरुले रोट्यारक्टले गरेको कार्यक्रमको प्रशंसा गरेका थिए ।  कार्यक्रममा रोट्रयाक्ट क्लवका पुर्व अध्यक्ष अच्यूत तिवारी, संस्थापक अध्यक्ष मोहन आचार्य लगायतले बोलेका थिए । कार्यक्रम सदस्य अमृतप्रसाद पोख्रेलको संयोजकत्व र सचिव रामचन्द्र पौडेल (आरसी) को सञ्चालनमा सम्पन्न भएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ