arrow

जम्मू काश्मिरमा फेरि भड्कियो आतंक, एक नागरिकको हत्या, कारमा विस्फोट

logo
प्रकाशित २०७५ चैत १६ शनिबार
jammu_kasmir1.JPG

काठमाडौं । जम्मू-कश्मीरमा आतंककारी हमलाको नयाँ श्रृङ्खला सुरु भएको छ ।  शनिवार बिहान आतंककारीहरुले तीन फरक फरक घटनामा एक नागरिकको हत्या गरेका हुन् । पटक पटक घटेको आतंककारी हमलामा बारामूला निवासी एक नागरिकको आफ्नै गाउँमा गोलीहानी हत्या गरिएको हो । बारामूलाको मुख्य चोकमा यस जघन्य हमला भएको हो । यसभन्दा पहिले आतंककारीहरुले पुलवामामा सीआरपीएफको एक पोस्टमा हमला गर्ने प्रयास गरेका थिए । जसमा एक प्रहरी जवान घाइते भएका छन् । 

दिउँसो साढे तीन बजेको आसपास आसपास पुलवामामा एसबीआई शाखाको सामु रहेको एक पोस्टमा ग्रेनेड फ्याकिएको थियो । यस ब्लास्टमा एक सीआरपीएफ प्रहरी जवान घाइते भएका छन् । त्यसपछि तत्काल पुलवामा पुलिस र सेना परिचालन गरिएको छ । त्यसपछि घटनास्थल पुगेका सैनिक जवानहरुले इलाकामा सर्च अपरेशन चलाएर आतंककारीको खोजी सुरु गरेका थिए । 

यसका अलावा सो इलाकामा एक कारमा विस्फोट भएको खबर आएको छ । सुरक्षा बलले आशंका गरे अनुसार यो विस्फोट नजिकबाट हिँडिरहेका सीआरपीएफको काफिलमाथि निशाना बनाइएको हो । बारामूलामा एक नागरिकको हत्यापछि हलचल मच्चिएको छ। आमरुपमा आतंककारी स्थानीय नागरिक एवं पर्यटकमाथि निशाना बनाएका छैनन्। तर, यस घटनाले आतंककारीकारीको क्रुर अनुहार उजागर भएको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ