जेट एयरका हजार जना पाइलटले हड्ताल गर्ने, उडान नै नभर्ने
प्रकाशित २०७५ चैत १६ शनिबार
703
Shares
मुम्बई । नगद संकटसँग जुधिरहेको विमान कम्पनी जेट एयरवेजका एक हजार भन्दा धेरै पायलटहरुले तलब नमिलेको र कम्पनीको पुनरुद्धारको योजना स्पष्ट नरहेको भन्दै एक अप्रिलदेखि उडान नभर्ने निर्णय लिएका छन् । पायलटहरुको एक संगठनले शुक्रवार साँझ यसको जानकारी दिएको छ । जेट एयरवेजकोे करीब ११ सय पायलटहरुको प्रतिनिधित्व गर्नेवाला वाला संगठन नेशनल एविएटर्स गिल्डले तलबको भुक्तानी नभएको र ३१ मार्चसम्म पुनरुद्धार योजना स्पष्ट नभएमा एक अप्रिलदेखि सबै उडान बहिस्कार गर्ने चेतावनी दिएको हो
यसको केही दिन पछि कम्पनीका नियन्त्रण भारतीय स्टेट बैंकको अगुवाईवाला बैंकहरुको एक समूहसामु पुगेको थियो । गिल्डले शुक्रवार बैंकहरुसँग कम्पनीलाई पैसा नपाउने हो भने सबै पाईलटहरु हड्तालमा उत्रने चेतावनी दिएको थियो । गिल्डका अध्यक्ष करण चोपडाले सदस्यहरुसँगको एक एक संवादको क्रममा बताएका छन् कि, ‘भारतीय स्टेट बैंकसँग मिल्नेवाला अन्तरिम वित्त पोषणको एक भाग २९ मार्चसम्म बाँडफाँड हुनेवाला थियो । दुर्भाग्यवश सो राशिको रकम हस्तान्तरण नै भएन र प्रबन्धनलाई तलबको भुक्तानीको बारेमा कुनै जानकारी नै आएन ।
उनले भने, 'पायलटहरुले मुम्बई र दिल्लीमा सामूहिक तरिकाले उडान नभर्ने निर्णय लिएका छन् । जुन् १ अप्रिलदेखि लागू हुनेछ।’ रमाईलो कुरा त यो छ कि जेट एयरवेजका पायलटहरु समेत इन्जिनियरहरु र प्रबन्धनका वरिष्ठ अधिकारीहरुलाई करीब चार महिनादेखि तलब मिलिरहेको छैन । जेट एयरवेजले एक बयानमा भनेको छ कि परिचालनलाई पुनस् सामान्य बनाउनको लागि हर सम्भव प्रयास गरिनेछ ।