arrow

सकियो लगानी सम्मेलन : १० वटा सम्झौता, ६ वटा प्रतिबद्धता 

logo
प्रकाशित २०७५ चैत १६ शनिबार
Investment_Summit_20191.jpg

काठमाडौं । सरकारले काठमाडौंमा आयोजना गरेको तेस्रो लगानी सम्मेलन सम्पन्न भएको छ। विभिन्न ४० देशका ६०० लगानीकर्ताहरुले नेपालमा लगानी गर्ने वातावरण बुझ्नको लागि सम्मेलनमा सहभागि भएका थिए । सम्मेलनको दोस्रो दिन पहिलोदिन भन्दा धेरै महत्वपूर्ण भएको देखिएको छ । 

शनिबार विभिन्न लगानीकर्ताहरुले विभिन्न परियोजनामा लगानीको लागि सम्झौता गरेका छन् । लगानी बोर्डका अनुसार विभिन्न संस्थाहरुबीच १० वटा सम्झौताहरु भएका छन् भने ६ वटा भन्दा बढी व्यक्ति तथा संस्थाहरुले लगानीको प्रतिवद्धता गरेका छन् । 

विदेशी सहभागिसँगै नेपाली लगानीकर्ताहरुसँगै विभिन्न कम्पनीहरुले अर्को कम्पनीहरुसँग भिन्दा भिन्दै १० वटा सम्झौता गरेका छन् । सोही क्रममा नेपालको चौधरी ग्रुपले ६ सय मेगावाटको सोलार प्लान्टको लागि स्काई पावरसँग सम्झौता गरेको छ । त्यस्तै, चौधरी ग्रुपले नै अर्को कम्पनी सर्राफ ग्रुपसँग पनि समझदारी गरेको छ । चौधरी ग्रुपले नै आफ्नो ५ जी नेटवर्क विस्तारको लागि टेलिसेल कम्पनीसँग समझदारी गरेको छ । 

उर्जा क्षेत्रमा २६० मेगावाटको माथिल्लो त्रिशूली जलविद्युत् आयोजनामा ६५० मिलियन डलर लगानी गर्ने घोषणा गरेको छ । एक कोरियाली कम्पनीले सो घोषणा गरेको हो । अर्को तर्फ ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनामा पनि नयाँ लगानीको प्रतिबद्धता आएको छ । नेपालका दुई बैंकहरु र भारतको एउटा बैंकले सो आयोजनामा लगानी गर्न इच्छा देखाएको हो । सो आयोजनामा तीन बैंकहरु मिलेर १२ हजार करोड रुपैयाँ लगानी गर्ने भएका छन् । 

अर्को तर्फ एनआर एनले पूर्वाधार विकासमा १० अर्ब लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेको छ भने नेसनल कोल्याटरल म्यानेजमेन्ट सर्भिसेस इन्डिया र नेशनल वेयर हाउस कम्पनी हाउसिङ लिमिटेडबीच समझदारी भएको छ । 

यसबाहेक पनि लगानी बोर्ड, आईएफसी र सेज प्राधिकरणबीच पनि समझदारी भएको छ भने सोलार पोर्टेबल टाइप इनर्जीका लागि सिजी पूर्वाधार प्रालि र प्रदेश २ सरकारबीच पनि समझदारी भएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ