arrow

छ खेलअघि नै हडर्सफिल्ड प्रिमियर लिगबाट रेलिगेशनमा, बन्यो कीर्तिमान

logo
प्रकाशित २०७५ चैत १६ शनिबार
huddersfield1.jpg

काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबल क्लब हडर्सफल्ड टाउन जारी सिजनमा रेलिगेशनमा पर्ने पहिलो टिम बनेको छ । 

Huddersfield have been relegated from the Premier League after losing 1-0 to Crystal Palace

शनिबार राति भएको खेलमा क्रिष्टल प्यालेससंग उसकै मैदानमा २–० गोल अन्तरले पराजित हुँदै हडर्सफिल्ड ६ खेल खेल्न बाँकी छँदै रेलिगेशनमा परेको छ । 

Jan Siewart's side have matched Derby County's record from 2007-08 in early relegations

हडर्सलाई खराब कीर्तिमानमा धकेल्ने क्रममा क्रिस्टलका लुका मिलिभोजेभिकले ७६ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे । 

It was a big result for Roy Hodgson and Crystal Palace as they eased their own relegation fears

त्यसैगरी ८८ औं मिनेटमा प्याट्रिक भान आनहोल्टले गोल गरे । 

हडर्सफिल्डको नराम्रो कीर्तिमान बनेको छ । त्यो हो ३२ खेलमै त्यो पनि कम अंकसहित रेलिगेशन पर्ने कीर्तिमान । हडर्सको १४ अंक मात्र छ । 

Huddersfield's relegation matches the 32 games that Derby needed to go down in 2007-08

सबैभन्दा चाँडो रेलिगेशनमा पर्ने क्लबको नाम अब हडर्सको पनि आउने भएको छ । यो कीर्तिमान पहिले डर्बीको नाममा थियो ।

डर्बीले सन् २००७–८ को सिजनमा पनि ३२ खेलबाटै रेलिगेशनमा पर्ने खराव कीर्तिमान बनाएको थियो । 

लिगबाट तीन टिम रेलिगेशनमा पर्ने भएकाले दोस्रो र तेस्रो टिमको लाइनमा फुल्हम र कार्डिफ सिटी रहेका छन् । फुल्हमको १७ र कार्डिफको २८ अंक छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ