arrow

सुपर ओभरमा दिल्ली बिजयी, सन्दिपको राम्रो प्रदर्शन

logo
प्रकाशित २०७५ चैत १७ आइतबार
sandeep-lamichane.jpg

काठमाडौं। कोलकाता र दिल्ली दुवैले निर्धारित २० ओभरमा १ सय ८५ रन बनाए पछि सुपर ओभरमा गएको खेलमा दिल्ली बिजयी भएको छ। ६ बलको सुपर ओभरमा दिल्लीले १ विकेटको नोक्सानीमा १० रन बनाएको थियो।

जवाफमा कोलकाताले ६ बलमा ७ रन मात्र बनाउन सकेको थियो।

 दिल्लीको तेस्रो खेलमा सन्दिपले उत्कृष्ट बलिङ गरेका थिए। उनले ४ ओभरमा २९ रन खर्चेर १ विकेट लिएका हुन्। पहिलो दुई खेल नखेलेका सन्दिपले तेस्रो खेलमा पाएको मौकाको सदुपयोग गरेका छन्। पहिलो २ ओभरमा ७ रन खर्चेर १ विकेट लिएका सन्दिपले तेस्रो ओभरमा ५ रन दिएका थिए। चौथो ओभरमा १७ रन खाएका सन्दिपलाई आन्द्रे रशेलले लगातार दुई छक्का प्रहार गरेका थिए।

दिल्लीका प्रारम्भिक ब्यट्सम्यान पृथ्वी शले उत्कृष्ट खेल खेल्दै ९९ रन बनाएका थिए। उनको उक्त पारीले दिल्लिलाई सहज जितको बाटो देखाएको थियो। उनले ९९ रन बानउन ५५ बल खेलेका थिए। जस्मा ३ छक्का र १२ चौका सामेल थियो।   त्यसैगरि कप्तान श्रेयस ऐयरले ४३ रनको पारी खेलेका थिए।

नेपाली क्रिकेट प्रेमीहरु आईपीएल शुरु भएदेखि सन्दिपको खेल हेर्न प्रतिक्षारत थिए। पहिलो दुई खेलमा नखेलाए पछि नेपाली क्रिकेट प्रशंशकहरु केही निराश बनेका थिए। सन्दिपले खेल्न पाउनु र किफायती बलिङ गर्नुले सन्दिपको आगामी आईपीएल खेलहरुका लागि खेल्ने बाटो खुलेको छ। आगामी खेलहरुमा पनि सन्दिपले यस्तै प्रदर्शनहरु कायम राख्ने बिश्वास प्रशंसकहरुले लिएका छन्।  

टस हारेर ब्यटीङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेटको क्षतीमा १ सय ८५ रन बानाएको थियो। कोलकाताका रशेलले २८ बलमा ६ छक्का र ४ चौकाको मदतले ६२ रन बनाएका थिए। त्यसैगरि दिनेश कार्तिकले ५० रनको योगदान गरेका थिए।

दिल्लीका लागि हर्शल पटेलले सार्वाधिक २ विकेट लिएका थिए। सबैभन्दा किफायती बलर सन्दिप रहेका थिए। उनले ७.२५का दरले रन दिएका थिए भने अर्का लेग स्पिनर अमित मिश्राले ९ रन प्रति ओभरको दरले बलिङ गरेका थिए। मिश्राले पनि १ विकेट लिएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ