arrow

प्रचण्डले शेरबहादुर देउवालाई ‘भरखरै बनेका प्रधानमन्त्री भनेपछी......

दाहालको दलील : यो वर्ष अनिष्ठको वर्ष

logo
श्यामप्रसाद खतिवडा,
प्रकाशित २०७२ चैत २ मंगलबार
Prachanda-new-pose.jpg.jpeg
दोलखा । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधान कार्यान्वयन र मुलुकमा देखिएका चुनौतीको सामना गर्न राष्ट्रिय एकताको आव्हान गरेका छन् । दाहादले विनासकारी भूकम्प, संविधान जारी र नाकाबन्दी जस्ता कारणले यो वर्ष पूरै अनिष्ठको वर्ष भएको बताएका छन्  ।
संविधान कार्यान्वयनका लागि मुलुक सामु थुप्रै चुनौती रहेको बताउँदै दाहालले राजनितिक शक्तिहरुबीच राष्ट्रिय एकताको वातावरण बनाउन आव्हान गरेका हुन् । शान्ति सम्झौतादेखि संविधान निर्माणसम्म आइपुग्दा राजनीतिक शक्तिहरु एक ठाउँमा उभिएको स्मरण गर्दै प्रचण्डले संविधान कार्यान्वयनका लागि अझै केही बर्ष राष्ट्रिय एकतामा जोड दिए ।  
 
सम्बोधन : ‘शेरवहादुर भरखरै बनेका प्रधानमन्त्री’
मन्तव्यको क्रममा दाहालले कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई भर्खरै बनेका प्रधानमन्त्री भनेर सम्बोधन गरे । ‘शेरबहादुर देउवा भरखरै प्रधानमन्त्री बन्नुभएको छ, अब आशा छ छिट्टै राष्ट्रिय एकताको पहल हुनेछ’ उनले देउवालाई प्रधानमन्त्री भनेर भुक्किएको केही क्षणमा पुःन ‘सरी’ भन्दै सच्याए ।   
 
“गिरिजाबाबु हुँदा देखि सुशील जीको पालासम्म एक ठाउँमा उभिएर विभिन्न चरणहरु सफलतापूर्वक पार गरेका हौ’ मंगलबार दोलखा सदरमुकाम चरिकोटमा हाम्रो रेडियोको वार्षिक उत्सव समारोहमास दाहाले भने, “कांग्रेसमा शेरबहादुर जी आउनुभएको छ, आशा छ अब राष्ट्रिय एकताको वातावरण बन्नेछ ।” उनले कांग्रेसको महाधिवेशन सकिएकाले केही दिनभित्रै राष्ट्रिय एकताको पहल सुरु हुनेमा आशावादी रहेको समेत बताए ।       
 
दाहालले संविधानपछि भारतले गरेको नाकाबन्दीका कारण मुलुकले ठूलो आर्थिक भार व्यहोरेको र चरम अभावबीच जनताले धैर्यता र एकता प्रर्दशन गरेर विश्वलाई चकित पारेको बताए । “हामीले संविधान बनाउदा जनता खुशी भए संयुक्त राष्ट्र संघ सहित विश्वभरले बधाई दिए” दाहालले थपे, “तर हाम्रा छिमेकी मुलुकले स्वागतसम्म गर्न सकेनन्, उल्टै नाकाबन्दी गरेर जनताको चुल्हो समेत बल्न दिएनन् ।” 
 
दाहालले नाकावन्दी हटेका कारण वातावरण अब सहज हुने बताए । “भारत सगँ प्रधानमन्त्री केपी ओलीको भ्रमणपछि सकरात्मक कुराकानी भएको छ, तर पनि औपचारिक रुपमा भारतले संविधानको स्वागत गरिसकेको छैन” दाहालले भने, – “अब भारत संग–संगै चीनसंग पनि महत्वपूर्ण समझदारी हुनेछ ।” दाहालले प्रधानमन्त्री ओलीको चीन भ्रमणबाट व्यापार विविधिकरण र परनिर्भरता हट्ने किसिमको महत्वपूर्ण समझदारी हुने विश्वास गरे । 
 
दाहालले भुकम्पपछिको पुनःनिर्माणमा थुप्रै समस्याहरु देखिएको बताउँदै त्यसलाई सम्बोधन गर्न आफुले छिट्टै पहल गर्ने बताए । संचार माध्यमलाई व्यवस्थित बनाउन राष्ट्रिय संचार नीति आवश्यक भएको उल्लेख गर्दै उनले त्यसबाट संचारमाध्यमको विश्वास, मर्यादा कायम हुने बताए । 
 
सम्बोधन : ‘शेरवहादुर भरखरै बनेका प्रधानमन्त्री’
मन्तव्यको क्रममा दाहालले कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई भर्खरै बनेका प्रधानमन्त्री भनेर सम्बोधन गरे । ‘शेरबहादुर देउवा भरखरै प्रधानमन्त्री बन्नुभएको छ, अब आशा छ छिट्टै राष्ट्रिय एकताको पहल हुनेछ’ उनले देउवालाई प्रधानमन्त्री भनेर भुक्किएको केही क्षणमा पुःन ‘सरी’ भन्दै सच्याए ।   
 
कार्यक्रममा नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं सांसद पशुपति चौलागाई, एमाले केन्द्रिय सदस्य एवम सांसद पार्वत गुरुङं, सामुदायिक रेडियो प्रशारक संघका कोषाध्यक्ष सुवास खतिवडा, पूर्व राज्यमन्त्री देवी खडका, कांग्रेसका जिल्ला सभापति रुदं्रबहादुर खड्का, एमाले जिल्ला अध्यक्ष ईश्वरचन्द्र पोखरेल लगायतले बोलेका थिए । 
 
कार्यक्रममा भूकम्प गएलगत्तै जिल्लामा खोज तथा उद्धारमा खटिएका तत्कालिन प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, तत्कालिन जिल्ला प्रहरी प्रमुख डिएसपी अजय केसी, बर्दबहादुर गणका गणपति विश्वासबिक्रम शाह सम्मानित भए । रेडियोले स्थापना गरेको हाम्रो रेडियो ललितादेवी स्मृति पत्रकारिता पुरस्कारबाट सिर्जना खडका र भेष कुमारी खडका स्मृति पत्रकारिता पुरस्कारबाट सगरमाथाका टेलिभिजनका राजेन्द्र कुमार श्रेष्ठ ५ हजार नगद सहित पुरस्कृत भए ।  



नयाँ