-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । स्पेनिश ला लिगा फुटबलमा कप्तान लियोनल मेसीको नायकी खेलमा बार्सिलोनाले सहज जित निकालेको छ ।

शनिबार राति भएको खेलमा बार्सिलोनाले स्पानियोललाई २–० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा बार्सिलोनाको जितमा दुवै गोल मेस्सीले गरे । खेलको ७१ औं मिनेटमा मेस्सीले गोल गर्दै अग्रता दिलाए ।

८९ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई २–० को जित दिलाए ।

स्पानियोलविरुद्ध दुई गोल गरेसंगै मेस्सीले यस सिजन ४० गोल पुरा गरेका छन् ।

अर्जेन्टिनाबाट विश्वकपपछि पहिलो खेल खेलेका मेस्सी भने फ्लप भएका थिए ।
अन्य खेलको नतिजा
शनिबार रातिका अन्य खेलमा यस्तो छ नतिजा
गेटाफे ०–२ लेगनेस
सेल्टाभिगो ३–२ भिल्लारियल
एलाभेस ०–४ एथलेटिको मड्रिड
अंक तालिकामा को कहाँ ?
बार्सिलोना २९ खेलबाट ६९ अंकसहित पहिलो स्थानमा हुँदा १० अंक कम भएको एथलेटिको मड्रिड दोस्रो स्थानमा छ ।
एक खेल कम खेलेको रियाल मड्रिड ५४ अंकबाट तेस्रो स्थानमा छ । ४६ अंकको गेटाफे चौथोमा छ ।