arrow

सरकारले लगानीको वातावरण नै बनाएको छैन – डा लोहनी 

logo
प्रकाशित २०७५ चैत १७ आइतबार
prakash-chandra-lohani.jpeg

काठमाडौं । राप्रपा संयुक्तका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले लगानी सम्मेलन केवल औपचारिता जस्तो देखिएको बताएका छन् । 

विगतको सरकारको एक वर्षको अवधिको क्रियाकलाप हेर्दा यो सफल हुने जस्तो नदेखिएको उनको भनाइ छ । 

सरकार अनुशासन र समन्वयमै निकै पछाडि परेकाले वातावरण नबनाएसम्म सफल नहुने उनको दावी छ । 
 विकासका लागि लगानी निकै महत्वपूर्ण भए पनि अध्यक्ष लोहनीले यही नै सबै कुरा नभएको बताएका छन् । 

उनले भने, ‘दुई वर्षअघि १४ खर्वको प्रतिवद्धता आएको थियो । तर अहिलेसम्म त्यो रकम आएन । अहिले १७ खर्व भनिएको छ । आउने सम्भावना देखिँदैन ।’

कारणबारे उनले खोले, ‘उनीहरुले जोखिम हेर्छन् सुरक्षा हेर्छन् तर त्यस्तो माहोल सरकारले बनाउन सक्छ जस्तो लाग्दैन ।’

विदेशी लगानीकर्ताका नेपालमा दूतावास हुने र त्योमार्फत बुझ्दा लगानी गर्न माहोल छ कि छैन भन्दै उनीहरु टाढिने गरेका उदाहरण रहेको उनले भने । 

डा लोहनीका अनुसार यहाँ आउने कम्पनीसंग सरकारले राम्रो काम लिनु भन्दा पनि कमिशनको खेल हुने गरेको गुनासो हुने गरेको छ । 

डा लोहनीले ४० देशका प्रतिनिधि आउँदैमा केही नहुने भन्दै उत्साहजनक रुपले ठूला डेलिगेट्स नआएको बताए । 

प्रधानमन्त्री ओलीका ठूला ठूला सपनाका योजना बने पनि त्यसतर्फ लगानीकर्ताहरु समेत आकर्षित हुन नसकेको उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ