arrow

तालिवानी दोस्रो आक्रमणमा पनि बाँचे अफगानी उपराष्ट्रपति दोस्तम 

logo
प्रकाशित २०७५ चैत १७ आइतबार
dostum-afghanistan-vp.jpg

काठमाडौं । अफगानिस्तानका उपराष्ट्रपति अब्दुल राशिद दोस्तम दोस्रो विद्रोही आक्रमणमा पनि बाँच्न सफल भएका छन् । 

शनिबार उनीमाथि बाल्ख प्रान्तमा तालिवानले सांघातिक आक्रमण गरेको थियो । एम्बुस आक्रमणमा उनका एक अंगरक्षकको भने मृत्यु भएको छ ।

घटनामा दुईजना अंगरक्षक घाइते भएका छन् । यसअघि गत जुलाई महिनामा उनीमाथि पहिलो आक्रमण भएको थियो । 

काबुल विमानस्थलमा भएको उक्त आत्मघाती बिस्फोटमा उनी बाँच्न सफल भएका थिए । त्यतिबेला १४ जनाको मृत्यु भएको थियो । 

पाँच वर्षदेखि राजनीतिमा रहेका दोस्तममाथि आफ्ना प्रतिस्पर्धी नेताहरुको अपहरण, बलात्कार जस्ता अपराधमा संलग्न रहेको आरोप लाग्ने गरेको छ ।

उनीमाथि अमेरिकालाई सघाएको आरोप पनि लाग्ने गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ