arrow

कांग्रेस सांसद थरुरलाई माफी माग्न भाजपा नेताहरुको माग 

logo
प्रकाशित २०७५ चैत १७ आइतबार
sashi-tharoor1.jpg

काठमाडौं । कांग्रेस आईका लोकसभा उम्मेदवार शशि थरुरले राजनीतिक रुप देखाएका छन् । सांसद थरुरले चुनाव प्रचारप्रसारका क्रममा शनिबार एक माछा बजारमा पुगेर माछा विक्रेता महिलासंग कुराकानी गरे । 

सोही क्रममा उनले कागजको सहायताले माछा समाते । उक्त तस्वीर उनले ट्वीटरमा राखे । त्यहाँ उनले आफूलाई शाकाहारी भएको बताएका छन् । 

त्यसपछि विपक्षी नेताहरुले उनको चर्को आलोचना गरेका छन् । उनीहरुले थरुरलाई माझी समुदायको आलोचना गरेको आरोप लगाएका छन् । 

भाजपा नेताहरुले भनेका छन्, ‘यो समुदायले बाढी आउँदा आम मानिसको निकै मद्धत गरेको थियो थरुरले यी सबैसंग माफी माग्नुपर्छ ।’

भारतमा लोकसभा चुनाव नजिकिँदै गर्दा नेताहरुबीच आरोप प्रत्यारोप चलिरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ