arrow

दिल्लीमा काँग्रस–आपको यस्तो अचम्मको प्रेम ! 

logo
प्रकाशित २०७५ चैत १७ आइतबार
arbinda_rahul.jpg

नयाँ दिल्ली । दिल्लीमा आम आदमी पार्टी (आप) र कांग्रेसबीचको गठबन्धनबारे अझै सम्म कुरा मिलेको छैन। यसै बीच, दिल्ली प्रदेश कांग्रेस अध्यक्ष शीला दीक्षितले आइतवार स्पष्टसँग भनिन् कि आजै बेलुकासम्म वा भोलि विहानसम्म पनि गठबन्धनबारे सबै कुरा बाहिर आउनेछ । लामो समयदेखि आप र काँग्रेसबीचको प्रेम सम्बन्धबारे बहस हुँदै आईरहेको छ भने चुनाव मुखैमा आईपुग्दा पनि दिल्लीमा ती दुई पार्टीबीच कुनैपनि चुनावी समझदारी हुन सकेको छैन । समझदारीको विषयमा अहिलेसम्म पनि कुनै आधिकारिक जानकारी आएको छैन । शनिबार रातीसम्म काँग्रेसको हाईकमाण्डसँग दिल्ली काँग्रेसको बैठक भएको थियो । तर, सो बैठकमा पनि कुरा नमिलेको देखिएको छ । 

दिल्ली प्रदेश कांग्रेस अध्यक्षले गठबन्धनको सवालमा उनले भनिन् कि, 'यो सिर्फ केही घण्टाको कुरा हो र त्यसपछि सूचना मिल्नेछ । आज साँझसम्म फेरि भोलिसम्म एक आधिकारिक सूचना जारी गरिनेछ।' एक मिडिया रिपोर्टमा दाबी गरिएको छ कि गठबन्धनबारे शीला दीक्षितको कुरालाई आधार मान्ने हो भने राहुल गान्धी आपसँग समझदारी नगर्ने मनसायमा पुगिसकेका छन् । 

दिल्लीका सीएम अरविन्द केजरीवाल आफ्नो तर्फबाट बार(बार बीजेपीलाई हराउनको लागि गठबन्धनको अफर दिँइरहेका छन् । केजरीवालले दिल्लीका साथ पञ्जाब र हरियाणामा समेत कांग्रेसलाई गठबन्धनको अफर दिएका छन् । दिल्ली कांग्रेसमा समेत गठबन्धनलाई लिएर एउटै राय छैन । पी सी चाको आपसँगको गठबन्धनलाई लिएर बल गरिरहेका छन् भने शीला दीक्षित यसको विरुद्ध छिन्। यस भन्दा पहिले अजय माकन समेत गठबन्धनको विरुद्धमा थिए । तर पछिल्लो मिटिङ्गमा उनले यसको समर्थन गरेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ