arrow

पाँचथरको स्याबरुम्बा तिलुङ्गे सामुदायिक बनमा आगलागी

एक हजार रोपनी वन क्षेत्रका रुखपात नष्ट

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७२ चैत २ मंगलबार
fire-nepal.jpg.jpeg
पाँचथर । पाँचथरको स्याबरुम्बा ७ र ८ को सीमामा पर्ने तिलुङ्गे सामुदायिक बनमा मंगलबार आगलागी भएको छ । दिउसो १२ बजे  देखि बनमा लागेको आगो ४ बजेतिर मात्रै नियन्त्रणमा आएको छ ।
 
आगो स्थानीयबासी र इलाका प्रहरी कार्यालय यासोकबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगलागीका कारण १ हजार रोपनी बन क्षेत्रमा रहेका सालका ,सल्ला,चिलाउने, मौवा जातका बोट विरुवा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय यासोकका प्रनानी मोतीवहादुर कटुवालले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ