arrow

लिभरपुल प्रिमियर लिग अंक तालिकाको शिर्ष स्थानमा

logo
प्रकाशित २०७५ चैत १७ आइतबार
liverpool-salaha-football.jpg

काठमाडौं। लिभरपुल प्रिमियर लिग फुटबलको अंक तालिकामा शिर्षस्थानमा उक्लेको छ। टोटेनह्याम स्पर्ससँगको खेल २-१ले जित्दै लिभरपुल पहिलो भएको हो ।

लिभरपुलले ३२ खेलमा ७९ अंकका साथ पहिलो स्थानमा रहेको छ भने म्यानचेस्टर सिटी ३१ खेलमा ७७ अंक सहित दोस्रो स्थानमा रहेको छ।

स्पर्ससँगको खेलमा १६औं मिनेटमा फर्मिनोले गोल गर्दै अग्रता दिलाएका थिए भने ७०औं मिनेटमा लुकास मऔराले गोल गर्दै खेल बराबरीमा पुर्‍याएका थिए।

लिभरपुल यसपाली शुरुदेखि नै उपाधि होडमा रहेको छ । उपाधिका लागि पनि स्पर्सलाई हराउनु पर्ने बाध्यता रहेको थियो। खेलको ९०औं मिनेटमा मोहम्मद सलाहको हेडलाई रोक्ने क्रममा टोनी अल्डरवेर्ल्डले आत्मघाती गोल गर्दै लिभरपुललाई २-१ले बिजयी हुन सहयोग गरेका थिए।

अंक तालिकाको तेस्रो र चौथो स्थानमा क्रमश टोटेनह्याम र म्यानचेस्टर युनाइटेड रहेका छन्। दुवैले ३१ खेलमा ६१-६१ अंक ल्याएका छन्। त्यसैगरि पाँचौं स्थानमा आर्सनल ३० खेलमा ६० अंक सहित रहेको छ भने चेल्सी ३१ खेलमा ६० अंक सहित छैठौं स्थानमा रहेको छ।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ