arrow

न्याय परिषद्बाट ११ न्यायाधीशको संसदीय सुनुवाईका लागि पुनः पत्राचार

logo
प्रकाशित २०७२ चैत २ मंगलबार
judic.jpg.jpeg
काठमाडौं । सर्वोच्च अदालतले अन्तिरिम आदेश जारी गरेको भोली पल्टै न्यायपरिषद्ले न्यायाधीशका लागि प्रस्तावित ११ जनाबारे संसदीय सुनुवाईका लागि पुनः पत्राचार गरेको छ । परिषदले सभामुख ओनसरी घर्तीमगरलाई पूर्वपत्रअनुसार नै न्यायाधीशको संसदीय सुनुवाई अघि बढाउनु भनि पत्राचार गरेको हो । परिषद्का सचिव कृष्ण गिरीले सभामुखलाई पूर्वपत्रअनुसारै काम अघि बढाउन भन्दै थप पत्रका साथ सिफारिस पठाइएको जानकारी दिए । 
 
न्याय परिषदले गरेको ११ न्यायाधीशको सिफारिसलाई परिषदमै फिर्ता गर्ने सभामुख ओनसरी घर्तीमगरको पत्र ‘प्रथम दृष्टिमै त्रुटिपूर्ण’ भन्दै सर्वोच्च सोमबार सर्वोच्चले त्यसलाई रद्द गर्ने आदेश गरेको थियो । परिषदबाट गत फागुन १८ मा भएको सिफारिसलाई परिषदमै फिर्ता गर्ने सभामुख घर्तीमगरको पत्रबारे सर्वाेच्चले अन्तरिम आदेश जारी गरेको हो । 
 
न्यायाधीश जगदीश शर्मा पौडेलको एकल इजालशले प्रारम्भिक सुनुवाइमै सभामुखको पत्र विरुद्धको रिटमा अन्तरिम जारी गर्दै परिषदको सिफारिसलाई संसदीय सुनुवाइमा पेश गर्न आदेश दिएको थियो । सर्वोच्चले अन्तरिम आदेश दिएको भोलिपल्टै परिषद्ले पूर्ववत पत्राचार अनुसार नै काम कारबाही अघि बढाउनु भन्दै पुनः पत्राचार गरेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ