arrow

मुख्यमन्त्री राहत कोषमा सहयोग गर्न आग्रह

logo
प्रकाशित २०७५ चैत १८ सोमबार
Lalbabu-raut-cheif-minister.jpg

काठमाडौं । प्रदेश नं २ को बारा र पर्सामा आईतबार राती भएको भीषण हावाहुरीमा ठूलो धनजनको क्षति भएपछि सो को उद्दारको लागि विभिन्न कामहरु भईरहेको छ ।

सोमबार विहानै प्रदेश मन्त्रिपरिषद्को आपतकालीन बैठक बसेर राहत र उद्दारकालागि केही निर्णय गरेको छ भने केन्द्र सरकारको राहतको घोषणाको प्रतीक्षा समेत प्रदेश २ सरकारले गरेको छ । 

यसैबीच प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले सो विपत्तिमा राहत र उद्दारको लागि सहयोग गर्न सबैसँग आग्रह गरेका छन् । उनले मुख्यमन्त्री राहतकोषमा सहयोग गर्न चाहनेहरुको लागि छुट्टै बैंक खाताको व्यवस्था गरिएको बताएका छन् ।

उनले राष्ट्रिय वाणिज्य बैंकको १२२०५०३०००००० नं को खातामा सहयोग गर्न आग्रह गरेका हुन् । यो प्रदेश लेखा नियन्त्रक कार्यालय , प्रदेश न। २ जनकपुर विविध विषयको खाता खाता हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ