arrow

प्रदेश मन्त्रिपरिषद्ले निर्णय गरेका ७ वटा बुँदामा के–के छ ? 

logo
प्रकाशित २०७५ चैत १८ सोमबार
bara1.jpg

काठमाडौं । प्रदेश नं २ सरकारको मन्त्रिपरिषद्को आपतकालीन बैठकले राहत र उद्दारको लागि विभिन्न प्रकारका ७ वटा निर्णयहरु गरेका छन् । आईतबार राती भएको भीषण हुरीबतासका कारण तीन दर्जन नागरिकको ज्यान गएको र ठूलो मात्रामा धनजनको क्षति भएको घटनापछि सोमबार विहानै बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न विषयमा सात बुँदे निर्णय गरेको हो । 

बैठकले घटनाको विस्तृत अध्ययन एवं राहत तथा उद्धारको लागि आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा पाँच सदस्यीय उच्च स्तरीय तत्काल राहत तथा उद्धार समिति गठन गर्ने निर्णय गरेको छ । उक्त समितिमा समाजिक विकासमन्त्री नवल किशोर साह, बन उद्याग तथा पर्यटन मन्त्री राम नरेश राय, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा र कानून मन्त्रालयको उपसचिव समितिको सदस्य सचिव रहने व्यवस्था गरिएको मुख्यमन्त्री लालबाबु राउतले जानकारी दिए।

त्यस्तै मन्त्रिपरिषदको आकस्मिक बैठकले प्राकृतिक विपदमा परी निधन भएका मृतक परिवारलाई तीन लाख राहत उपलब्ध गराउने निर्णय पनि गरेको छ । त्यसैगरी प्रदेश सरकारले घाइतेहरुको सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले बेहार्ने र प्रभावित क्षेत्रमा तत्काल खाना र कपडाको व्यवस्था गर्ने निर्णय गरेको हो । 

मन्त्रिपरिषद्ले गरेका ७ बुँदे निर्णयहरु यस्ता छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ