arrow

‘हवाई दुर्घटनाको सत्यतथ्य सार्वजनिक हुनुपर्छ’

logo
प्रकाशित २०७५ चैत १८ सोमबार
bijaya-jolly.jpg.jpeg

काठमाडौँ ।  भारतीय जनता पार्टीका नेता विजय जोलीले नेपालमा हुने हवाई दुर्घटना बढिरहँदा पनि यसबारे सत्यतथ्य पत्ता लाग्न नसक्नु दुःखद रहेको बताएका छन् । उनले हवाई दुर्घटनाका कारण पत्ता लगाएर निराकरण गर्नुपर्नेमा जोड दिए ।

स्वर्गीय पर्यटन मन्त्री रवीन्द्र अधिकारीको परिवारलाई समवेदना दिन नेपाल आइपगेका नेता जोलीले युरोपले आफ्नो नागरिकको ज्यानलाई मात्र महत्वपूर्ण ठानेको बताए । मन्त्री अधिकारीले आफूसँग नेपाली वायुसेवालाई प्रभावकारी कसरी बनाउने भन्ने विषयमा कुराकानी गरिरहने उनले स्मरण गरे ।

उनले भने,‘एक महिनाभन्दा बढि समय बितिसक्यो, तर अहिलेसम्म छानबिन समितिले हेलिकप्टर दुर्घटनाबारे प्रतिवेदन सार्वजनिक गरेको छैन् ।’ आफूले गत मार्च २८ तारिखमा नयाँ दिल्लीस्थित् एयरवस (हेलिकप्टर डिभिजन) लाई मन्त्री अधिकारीसहित ७ जनाको निधन हुनेगरि भएको दुर्घटनाको स्थलगत अनुशन्धान गर्नुपर्ने माग गर्दै आकस्मिक ज्ञापनपत्र बुझाएको पनि स्मरण गराए ।

बहालवाला मन्त्रीको ज्यान जानेगरि दुर्घटना भएको महिनौं बित्दापनि अहिलेसम्म उक्त दुर्घटनाबारे कुनै प्रतिवेदन बाहिर नआउनु दुःखद् भएको जोलीको टिप्पणी छ । उनले भने,‘के÷कति कारणले दुर्घटना भएको थियो ? यसमा केही प्राविधिक कारण थियो कि, मानवीय गल्ती थियो कि, ईन्जिनको खराबी थियो कि, मौसमको खराबी थियो कि ? यसबारेमा अहिलेसम्म प्रतिवेदन सार्वजनिक गरेको छैन । म तत्काल प्रतिवेदन सार्वजनिक गर्न आग्रह गर्दछु ।’ उक्त एयरवसले गैरजिम्मेवारीपन देखाएको पनि उनको आक्रोश छ । नेता जोलीले उक्त हेलिकप्टर एयरवसको ‘एटिट्युड र बेहेवियर’ नै अमानवीय लागेको गुनासो पोखे ।

आफूले आजमात्रै स्वर्गीय मन्त्री अधिकारीकी धर्मपत्नी विद्या भट्टराई र उनका दश वर्षीय छोरा स्वराज अधिकारीलाई घरमै पुगी भेटेको सुनाउँदै जोलीले भने,‘मैले उहाँहरुलाई भेटेरै सान्तवना व्यक्त गरेको छु । स्वर्गीय रवीन्द्र अधिकारीसँग मेरो आत्मिय मित्रता थियो । उहाँ दिल्ली आउँदा हामीबीच भेटवार्ता हुन्थ्यो । नेपालको नागरिक उड्ययन र पर्यटनको क्षेत्रलाई कसरी विकास गर्ने, कसरी विश्वसामू अब्बल बनाउने भनेर सोच विचार गर्नुहुन्थ्यो । उहाँको निधनले म निकै दुःखी छु।’

स्वर्गीय मन्त्री अधिकारीका १० वर्षे छोराले आफूसँग भेटमा बुवा सवार हेलिकप्टर दुर्घट्नाको छानबिनको प्रतिवेदन बाहिर कहिले आउँछ भनेर आफूहरु प्रतिक्षामा रहेको बताएको पनि उनले सुनाए । उनले भने,‘उहाँको छोराले दुर्घटनाको बारेमा छानबिन समितिको प्रतिवेदन चाँडै आओस् र रिपोर्ट चाँडै आयो भने आगामी दिनमा दुर्घटना हुनबाट रोकिन्थ्यो भन्ने कुरा मसँगको भेटमा गर्नुभएको छ।’

हेलिकप्टर दुर्घटनाको बारेमा छानबिन गर्नुपर्छ भनेर नेपालका पब्लिक सेक्टर ईनोभेटर दिपेन्द्र कँडेलले गैर–राजनीतिक तहबाट गहन भूमिका निर्वाह गरिरहेको भन्दै जोलीले प्रशंसा गरे । उनले भने,‘कँडेलजीले आफ्नो जिम्मेवारी सुझबुझका साथ निर्वाह गरिरहनुभएको छ । पब्लिक डोमेनमा दबाब दिने काम उहाँले गरिरहनुभएको छ ।’

आजभन्दा ८ महिना पहिले पनि ए एस ३५० हेलिकप्टर दुर्घट्नाग्रस्त भैसकेको र त्यसको पनि अहिलेसम्म छानबिन समितिले प्रतिवेदन बाहिर ल्याउन नसकेको उनले सुनाए । उनले भने,‘नेपाली नागरिकहरुको ज्यानको उतिकै महत्वपूर्ण छ, जति युरोपियनहरुको छ । म एक भारतीय हुनुको नाताले हेलिकप्टरमा निधन भएकाहरुप्रति म शोक व्यक्त गर्छु । हेलिकप्टर दुर्घटनाको छानबिन चाँडै होस् । समितिको प्रतिवेदन चाँडै सार्वजनिक गरियोस् भन्ने मेरो आग्रह छ ।’

काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि पुगेको मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा  फागुन १५ गते ताप्लेजुङको दारेभीरमा हेलिकप्टर दुर्घटना हुँदा सबैको निधन भएको थियो ।

हेलिकप्टर दुर्घटनामा मन्त्री रविन्द्र अधिकारी, आङछिरिङ शेर्पा अध्यक्ष यति एयरलाइन्स, वीरेन्द्रप्रसाद श्रेष्ठ उपमहानिर्देशक नेपाल नागरिक उड्ययन प्राधिकरण, अर्जुनकुमार घिमिरे मन्त्री अधिकारीका पिएसो, युवराज दाहाल प्रधानमन्त्री कार्यालयका सल्लाहकार, धुब्रदास भोछिभया इन्जिनियर नेपाल नागरिक उड्न प्राधिकरण र हेलिकप्टर क्याप्टेन प्रभाकर केसीको मृत्यु भएको थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ