arrow

प्रदेश २ का मन्त्रीले दिए रगत, चितवनबाट चिकित्सकको टोली घटनास्थल जाँदै

logo
प्रकाशित २०७५ चैत १८ सोमबार
Bload_donation.jpg

काठमाडौं । बारा र पर्सामा भएको विनासकारी हुरी बतासका घाईतहरुलाई रगतको अभाव हुने देखिएपछि ठाउँ ठाउँमा खुल्ला रक्तदान कार्यक्रम सञ्चालन गरिएको छ । आईतबार राती भएको विनासकारी हुरी बतासमा ३ दर्जन भन्दा बढी मानिसहरुको ज्यान गएको र सयौं घाईते भएपछि त्यहाँ रगतको अभाव हुने देखेर यस्तो कार्यक्रम सञ्चालन गरिएको छ । 

कतिपय घटनास्थलको वरिपरी पनि रक्तदान कार्यक्रम गरिएको छ भने प्रदेश नं २ का अन्य विभिन्न स्थानमा पनि रक्तदान कार्यक्रम गरिएको छ । सोही क्रममा प्रदेश नं २ का मन्त्री जीतेन्द्र सोनल आफैंले पनि रक्तदान गरेका छन् । 

त्यस्तै, चितवनमा पनि रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । भरतपुरको चौविसकोठीमा खुला रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । चितवनका सामाजिक अभियानकर्मी, विभिन्न सङ्घसंस्था क्लबलगायतले रक्तदान कार्यक्रमको आयोजना गरेको सहयोगी हात संस्थाका सञ्चालक तथा सामाजिक अभियानकर्मी सूर्य पौडेलले जानकारी दिए ।

त्यस्तै, चितवन मेडिकल कलेजबाट ३५ जनाको चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली बीरगंज र कलैया जाने तयारीमा रहेको प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले जानकारी दिए। चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोलीले प्राथमिक उपचारका सामग्री र औषधिसमेत लैजाने बस्नेतले बताए । अन्य अस्पतालबाट पनि चिकित्सक पठाउने तयारी भइरहेको उनले जानकारी दिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ