arrow

एकाएक बारीमा पुगेर गहुँ काट्न थालिन् हेमा मालिनी

logo
प्रकाशित २०७५ चैत १८ सोमबार
hema_malini.JPG

लखनउ। लोकसभा चुनाव आउन केही दिन बाँकी रहँदा नेताहरुको प्रचार र्‍यालीको सिलसिला तीब्र हुँदै गएको छ। उत्तर प्रदेशको मथुरादेखि बीजेपी उम्मेदवार र मशहूर अभिनेत्री हेमा मालिनीले आइतबार चुनाव प्रचारको लागि नयाँ शैली अपनाएकी छिन् । प्रचारको पहिलो दिन हेमा मालिनी गहुँ खेतमा देखिइन्। 

१९४८ अक्टोबर १६ मा जन्मिएकी उनी उमेरले बुढ्यौली लागेपनि हेमा मालिनी आफ्नो संसदीय क्षेत्र मथुराको गोवर्धन क्षेत्रमा आइतबार गहुँको खेतमा फसल काटिरहेको भेटिइन् । यसलाई उनको चुनावी प्रचारको रुपमा भने सजिलै चिन्न सकिन्थ्यो । हेमा मालिनीको तस्वीर सोशल मीडियामा तीब्र रुपमा भाइरल भइरहेको छ । 

हेमा मालिनीले आइतबार आफ्नो प्रचार अभियान शुरू गरेकी हुन् । यस दौरान उनले गहुँको खेतमा फसल काटिरहेका कामकाजी महिलाहरुकहाँ पुगेकी थिइन् । हेमाले उनीहरुसँग कुराकानी गरिन् र हातमा हँसिया लिएर फसल समेत काट्न थालिन् । 

हेमा मालिनीको चुनाव प्रचारको यस नयाँ तरिकालाई सोशल मिडियामा धेरैले चुनावी स्टन्टको संज्ञा दिएका छन् । यद्यपि उनको यो तस्वीर धेरै सेयर पनि भएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ