arrow

अन्डरवर्ल्ड डन दाउदकी बहिनी हसीनाको फल्याट २ करोड ८८ लाखमा लिलामी

logo
प्रकाशित २०७५ चैत १८ सोमबार
Dawood-Haseena_0.jpg

काठमाडौं । अन्डरवर्ल्ड डन दाउद इब्राहिमकी बहिनी हसीना पारकरको नागपाडा स्थित फल्याट लिलामी भएको छ ।  सो फल्याट गार्डन हल अपार्टमेन्टको हो । लिलामीमा सो फल्याटको मुल्य २ करोड ८८ लाख नेपाली रुपैयाँ लगाइएको छ ।

सो फल्याट बिक्रिको अन्तिम मिति २८ अप्रिल तीकिएको थियो । साथै लिलामीमा भाग लिने आवेदनकर्ताले ४८ लाख रुपैयाँ जम्मा गर्नुपर्ने थियो । यस फल्याटको लागि आठ व्यक्तिको नाम छानिएको थियो ।  खरीददारको नाम भने सार्वजनिक गरिएको छैन ।

सीबीआईले दाउद इब्राहिमको चन्दा संकलनबाट किनेको सो फल्याटमाथि कब्जा गर्ने कोशिश सन् १९९७ देखि गरेको थियो । तर मामिला अदालतमा चलिरह्यो । दाउदकी बहन हसीना चन्दा र संत्रासको कारोबार गर्थिइन् । यसै बीच हसीनाको मृत्यु भयो । यसपछि सो मामिला सर्वोच्च अदालत पुग्यो । अन्त्यमा साफेमा र एनडीपीएस मुम्बई फल्याटलाई कब्जा गर्न सफल भयो ।

यसअघि मुम्बईको भिन्डी बजार इलाकामा दाउदीको सम्पत्तिहरु, सइफी बुरहानी अपलिफ्मेन्ट ट्रस्टले मुम्बईको आएएमसी च्याम्बर अफ कमर्श एण्ड इण्डस्ट्रीजमा भएको लिलामीमा प्राप्त भएको थियो।  ट्रस्टले दाउदको तीन सम्पत्तिको रेखदेख गर्दै आएको थियो। जाँच एजेन्सी सीबीआईले १९९३ मा मुम्बईमा भएका श्रृंखलाबद्ध बम विस्फोटपछि दाउद इब्राहिमको सम्पत्ति जफत गरेको थियो। ती मध्ये तीन रौनक अफरोज होटल, डम्बरवाला भवन र शबनम गेस्ट हाउस  लिलाम भएका थिए।

अफरोज होटलको लिलामी  ४ दशमलव ५३ करोड रुपैयाँ, डम्बरवाला भवन ३.५३ करोड र शबनम गेस्ट हाउस ३.५२ करोड रुपैयाँमा लिलामी भएका थियो। सो सम्पत्तिमा भाडा तिरेर बसिरहेकाहरुले लिलामी रोक्न साफेमा ट्राइब्युनलमा मुद्दा दायर गरेका थिए, जसलाई राखेज गरिएको थियो। केन्द्रीय जाँच एजेन्सी सीबीआईले ‘ द स्मगलर्स एण्ड फरेन एक्सचेन्ज म्यानुप्युलेटर्स (फरफिचर अफ प्रपर्टीज) एक्ट’ अन्तर्गत दाउदी इब्राहिमको सम्पत्ति जफत गरेको थियो। अर्थ मन्त्रालयले धेरै पटक यो सम्पत्ति लिलामी गर्ने कोशिसगरेको थियो। तर लिलाम हुन सकेको थिएन।

सम्पत्ति प्राप्त गर्ने ट्रस्ट बोहरा समुदायको संगठन हो। जो मुम्बईको भिन्डी बजार इलाकामा ठूलो प्रोजेक्ट संचालन गर्छ।  यो मुम्बईको सबै भन्दा ठूलो पुर्नविकास प्रोजेक्टमध्ये एक हो।  ट्रस्टको स्थापना २००९ मा बोहरा समुदायका दिवंगत धर्मगुरु डा. सैयदाना मोहम्मद बुरहानुद्दिनले स्थापना गरेका थिए। अगस्टमा मुम्बईको भिण्डी बजारमा भत्किएको भवनपनि यही ट्रस्टको संरक्षणमा थियो। सो दुर्घटनामा ३३ जनाको ज्यान गएको थियो। प्रहरीले उक्त दुर्घटनापछि ट्रस्ट विरुद्ध मुद्दा दायर गरेको थियो।

२०१५ मा पनि दाउद इब्राहिमको सम्पत्ति लिलामीमा राखिएको थियो। त्यतिबेला पूर्व पत्रकार बालाकृष्णनले होटल  अफरोज किनेका थिए। तर मूल्य चुकाउन नसकेपछि सम्पत्ति उनको हात लागेन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ