- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारतमा भइरहेको इण्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको आफ्नो दोस्रो खेलमा पनि नेपाली ढुकढुकी सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन् ।
उनले पहिलो खेलमा एक विकेट लिएर यो सिजन सुरु गरेकामा दोस्रो खेलमा दुई विकेट लिएका छन् ।
दिल्ली क्यापिटल्सबाट खेलेका सन्दीपले सोमबार राति किङ्स ११ पञ्जाबविरुद्ध ४ ओभरमा २७ रन खर्चेर दुई विकेट लिएका हुन् ।
पहिलो ओभरमा एस कुरानलाई आउट गरेका सन्दीपले अन्तिम ओभरमा सर्राफ खानलाई आउट गरे।
दोस्रो खेलमा पनि सन्दीप सबैभन्दा किफायती बलर बनेका छन् । उनले दुई खेलबाट तीन विकेट लिइसकेका छन् ।
गत संस्करणमा सन्दीपले अन्तिम तीन खेल खेलेर पाँच विकेट लिएका थिए । यसपटक भने सन्दीप टिमको महत्वपूर्ण खेलाडी भइसकेका छन् ।