arrow

दिल्लीले आठ रन जोड्न सात विकेट गुमाएपछि सन्दीपको योगदान पनि काम लागेन

logo
प्रकाशित २०७५ चैत १९ मंगलबार
delhi2.jpg

काठमाडौं । भारतमा भइरहेको आइपिएल टी–२० क्रिकेटमा सोमबार राति दिल्ली क्यापिटल्सले तितो हारको सामना गरेको छ ।

जितको निकै रहँदा रहँदै नाटकीय शैलीले अन्तिम ८ रन जोड्न ७ विकेट गुमाएपछि किंगस ११ पञ्जाबविरुद्ध १४ रनको हार खान पुग्यो । 

१६७ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले १९.२ ओभरमा अलआउट हुनुपुर्व १५२ रन बनायो । 

१४४ रन बनाउँदा मात्र ३ विकेट गुमाएको दिल्लीले त्यसपछि निरन्तर विकेट गुमायो र खेल नै गुमायो । 

साम कुरानले अन्तिम ओभरमा ह्याट्रिक लिए । उनले २.२ ओभरमा ११ रन दिएर ४ विकेट लिए । 

कप्तान रविचन्द्रन आश्विन र मोहम्मद सामीले २–२ विकेट लिए । दिल्लीका सन्दीप लामिछानेसहित ५ खेलाडी ० मा आउट भएका थिए । 

रिसभ पन्तले ३९, इन्ग्रामले ३८, शिखर धवनले ३० र श्रेयस ऐयरले २८ रन बनाए । 

यसअघि चन्डीगढको घरेलु मैदानमा पञ्जाबले पहिले ब्याटिङ गर्दै डेभिड मिलरको ४३ रनको मद्धतमा ९ विकेटको नोक्सानीमा १६६ रन बनाएको थियो । 

क्रिस मोरिसले ३ तथा सन्दीप लामिछाने र कागिसो रबाडाले २ विकेट लिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ