arrow

राहुल गान्धीको बचपना, ९५ वर्षे नेताले भने – अमूल बेबी 

logo
प्रकाशित २०७५ चैत १९ मंगलबार
rahul-gandhi4.jpg

काठमाडौं । भारतमा लोकसभाको निर्वाचन हुँदै गर्दा नेताहरुका सवल र कमजोरी पक्षहरु पनि बाहिर आइरहेका छन् । अहिले सत्तारुढ दल भारतीय जनता पार्टी भाजपा र प्रमुख प्रतिपक्षी दल काँग्रेस आईबीच टक्कर चलिरहेको छ । 

यसबीचमा कांग्रेस अध्यक्ष राहुल गान्धीको बचपना बानीलाई लिएर आलोचना भइरहेको छ । दुई ठाउँबाट चुनाव लड्ने भएसंगै उनको आलोचना अझै बढेको छ । 

केरलको लोकसभा चुनावमा लड्ने फैसलापछि राहुलमाथि प्रहार गर्दै राज्यका पूर्वमुख्यमन्त्री एवं वरिष्ठ कम्युनिष्ट नेता वीएस अच्युतानन्दनले ‘अमूल बेबी’ भनेर आलोचना गरेका छन् । 

उनले पहिले पनि ‘अमूल बेबी’ भनेको र अहिले पनि लागु हुने बताएका छन् । ९५ वर्षीय अच्युतानन्दनले आफ्नो फेसबुक पोष्टमा भनेका छन् कि अप्रिल २०११ उनले राहुल गान्धीलाई जब ‘अमूल बेबी’ भनेका थिए कि यो कुनै विना कारण थिएन । 

उनले लेखेका छन् –‘मैले बिना कारण भनेको थिइन, राहुल गान्धीले राजनीतिमा जस्तो बचपना देखाएका छन् यही कारण मैले उनका बारेमा यस्तो प्रतिक्रिया दिएको थिएँ । आज जब राहुलले वायनाडबाट चुनाव लड्ने फैसकला गरे तब मेरो भनाइ सही ठहरिएको छ ।’

उनले भने, ‘आज जब राहुल पाका बन्दै गएका छन् तब पनि उनको बचपना जारी छ यो पनि यस्तो समयमा जब देश भयाबह रुपले भाजपाका रुपमा सबैभन्दा बढी समस्याको सामना गरिरहेको छ । यो समय यिनीहरुसंग लड्ने समय हो ।’

अच्युतानन्दनले लेखेका छन् ‘धर्मनिरपेक्ष दलहरुसंग हात मिलाउनुको सट्टा गान्धी जसको निर्णय काँग्रेसमा अन्तिम मानिन्छ उसले दिल्लीमा आम आदमी पार्टीसंग हात मिलाएन र दक्षिणमा भाजपासंग लडिरहेको माकपालाई साथ दिएन । राहुल वाममोर्चासंग लड्ने फैसला गरे । यो त जुन रुखको हाँगामा बसिन्छ त्यही हाँगा काटेजस्तै भयो । त्यसैले मलाई लाग्छ कि मैले वर्षौं पहिले जे भनेको थिएँ ‘अमूल बेबी’ आज पनि लागु हुन्छ ।’ (भारतीय संचारमाध्यमहरुको सहयोगमा)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ