arrow

बेलायती संसद ब्रेक्जिटको विकल्प खोज्न असफल 

logo
प्रकाशित २०७५ चैत १९ मंगलबार
theresa-may1.jpg

काठमाडौं । युरोपियन युनियन इयुबाट बेलायत बाहिरिने सम्बन्धी विषयको विकल्प खोज्न बेलायती संसद असफल भएको छ । अहिलेसम्म बेलायती सांसदहरुले ब्रेक्जिटको विकल्प खोज्न सकेको छैन । 

सोमबार हाउस अफ कमन्समा प्रस्तुत गरिएका चार विभिन्न प्रस्तावहरुमध्ये कुनै पनि प्रस्तावले बहुमत जुटाउन सफल भएन । सोमबार संसदमा ब्रेक्जिटको भावी दिशाबारे वैकल्पिक उपाय खोजिएको यो दोस्रोपटक हो ।

र पनि सफल नभएपछि यो प्रक्रिया झन् अनिश्चित बन्दै गएको छ। प्रधानमन्त्री थेसेरा मेले पटक पटक ईयुबाट बाहिरिने निर्णयमा समर्थन गर्न आग्रह गरे पनि सफल भएकी छैनिन् । 

मेले फेरि पनि इयुबाट बाहिरिने प्रस्ताव संसदमा ल्याउन सक्ने बीबीसीले बताएको छ । मेले यसअघि नै यदि यो प्रस्तावमा विपक्षीले साथ दिए पद छाड्न समेत सक्ने बताइसकेकी छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ