arrow

सन्दिप, राशीद र शाकिबको एउटा छुट्टै प्रतिस्पर्धा

logo
प्रकाशित २०७५ चैत १९ मंगलबार
sandeep6.jpg

काठमाडौं । नेपाली स्टार क्रिकेटर सन्दिप लामिछाने सन् २०१९मा सार्वाधिक विकेट लिने खेलाडी बनेका छन्। उनले टि-२० क्रिकेटमा २७ विकेट लिईसकेका छन्।

ईण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट दिल्ली क्यापिटल्सबाट खेलिरहेका सन्दिपले आफ्नो दोस्रो सिजनको दुई खेल तीन विकेट लिईसकेका छन्। उनले पाकिस्तानका पुर्व कप्तान शाहिद आफ्रिदी र अफगानिस्तानका राशि खानलाइ उछिनेका हुन् ।

रशीद खान पनि आईपीएल खेलिरहा छन्। सराईजर्स हैदरावादबाट खेलिरहेका रशीदले २५ विकेट लिईसकेका छन्।

त्यसैगरि बंगलादेशका शाकिब अल हसन २४ विकेट लिएर राशीद भन्दा पछाडि रहेका छन्। हैदरावादको टोलीमा रहेका शाकिबले अन्तिम आइपीएल खेल खेलेका थिएनन्।

सन्दिप, राशीद र शाकिबको विकेट लिने प्रतिस्पर्धा जरी रहने छ । यो आईपीएलमा छूट्टै लिग खेलिरहेका तीनमा सन्दिप र राशिदको प्रतिस्पर्धा हेर्न  भने मजा आउने छ । टि-२० क्रिकेटको विश्व बरियतामा पाँचौं स्थानमा रहेका राशीद खानसँगको प्रतिस्पर्धाले सन्दिपलाई एउटा राम्रो अनुभव भने दिनेछ ।

सन्दिपले विश्व क्रिकेटमा आफ्नो प्रभाव दिनदिनै छाडिरहेका छन्। बिश्वस्तरिय बलरहरुसँग एउटै लिगमा रहेका सन्दिपले आफ्नो प्रदर्शन अझै माझ्दै लानेछन्।  दिल्लीका लागि किफायती बलिङ गरिरहेका सन्दिपले संभवत: सबै आईपीएल खेल खेल्ने छन्।

 

सन्दिपको २७ विकेट:

बंगलादेश प्रिमियर लिग – ४ वेकट

नेपाल-युएई- ५ विकेट

बिग बास अष्ट्रेलिया – ४ विकेट (२०१९)

पाकिस्तान सुपर लिग- ११ विकेट

आईपीएल- ३ विकेट



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ